citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपालको लगातार दोस्रो जित

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । विश्वकप तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्ध लगातार दोस्रो जित दर्ता गरेको छ।

पार्क हिल मैदानमा भएको दोस्रो खेलमा नेपाल ४९ रनले विजयी भएको हो। नेपालले दिएको १८० रनको लक्ष्य पछ्याएको घरेलु टोली १८ दशमलव ४ ओभरमा १३० रनमा समेटियो।

नेपालको जितमा कुशल भुर्तेलले ३ ओभरमा १२ रन खर्चिदै ३ विकेट लिए भने गुलशन झाले पनि ३ ओभरमा १८ रन दिँदै ३ विकेट नै लिए। सोमपाल कामी, ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र अविनाश बोहोराले १९१ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७९ रन बनाएको थियो। नेपालका लागि अनिल साहले विष्फोटक इनिङ खेल्दै २७ बलमा ४ चौका र ४ छक्का सहित ५० रन बनाए।

यस्तै कप्तान रोहित पौडेलले ३३ बलमा ४१ रन जोडे। कुशलले १० ओभरमा आउट हुँदासम्म ३८ रन जोडेका थिए। दीपेन्द्र सिंह ऐरीले २६ रन बनाए। प्रतिश जिसीले ६ रन बनाउँदा सन्दिप जोराले २ र गुलशन झा १ रन बनाएर आउट भए। सोमपाल कामी ३ रनमा र अविनाश बोहोरा शून्यमा नटआउट रहे।

 

himalayan life insurance
igi long