citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

आइएमएफलाई ९४ देशले १ खर्ब १० अर्ब डलर ऋण तिर्न बाँकी

धेरै ऋण लिनेमा नेपाल ४७औं स्थानमा

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) लाई विश्वका ९४ देशहरुले १ खर्ब १० अर्ब अमेरिकी डलर भन्दा बढी ऋण तिर्न बाँकी देखिएको छ ।

आइएमएफको मे १५ सम्मको तथ्यांक अनुसार यी देशहरुले कुल १ खर्ब १० अर्ब १४ करोड ५८ लाख ५६ हजार ४३ डलर ऋण तिर्न बाँकी रहेको हो ।

आइएमएफलाई अर्जेन्टिनाले सबैभन्दा धेरै ३० अर्ब ९८ करोड ७५ लाख डलर ऋण तिर्न बाँकी रहेको छ । यस्तै, दोस्रो धेरै इजिप्टले १० अर्ब ८५ करोड ४१ लाख ३० हजार डलर र तेस्रोमा युक्रेनले ९ अर्ब ४७ लाख ५९ हजार डलर ऋण तिर्न बाँकी रहेको छ ।

सबैभन्दा बढी ऋण लिने शीर्ष १० राष्ट्रहरुमा यी ३ बाहेक क्रमशः पाकिस्तान, इक्वेडोर, कोलम्बिया, एंगोला, केन्या, घाना र आइभरी कोस्ट रहेका छन् ।

कुल तिर्न बाँकी ऋणमध्ये शीष १० मुलुकहरुको हिस्सा मात्रै करिब ६९५ रहेको छ । यता, आइएमएफबाट सबैभन्दा बढी ऋण लिने मुलुकको ४७औं स्थानमा नेपाल देखिएको छ ।

नेपालले ३२ करोड ४४ लाख ९५ हजार डलर ऋण तिर्न बाँकी रहेको छ । यता, सबैभन्दा थोरै भने भानुआटुले २५ लाख ५० हजार डलर ऋण तिर्न बाँकी रहेको छ ।

gold
himalayan life insurance long ad