citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ । गएराति भएको खेलमा टोटनहमलाई ३–२ गोलले हराउँदै जित निकालेको हो ।

आर्सनलका लागि बुकायो साका र काइ हाभर्ट्जले एक–एक गोल गरेका थिए भने एक गोल आत्मघाती स्वरुप प्राप्त भएको थियो । यस्तै टोटनहमका क्रिस्टियन रोमेरो र सन ह्युन मिनले एक–एक गोल फर्काएका थिए ।

खेलको १५औँ मिनेटमा टोटनहमका पियरे इमिल होन्बर्गले आत्मघाती गोल गरेपछि आर्सनलले सुरुवाती अग्रता लिएको थियो । यस्तै २७औँ मिनेटमा साकाले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए ।

यसैगरी ३८औँ मिनेटमा हाभर्ट्जले गोल गर्दै खेललाई ३–० को अवस्थामा पु¥याए । त्यसपछि टोटनहमका रोमेरोले ६४औँ तथा ८७औँ मिनेटमा ह्युन मिनले गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

यो जितसँगै ३५ खेलबाट ८० अंक जोडेको आर्सनल शीर्ष स्थानमा यथावत छ । पराजित भएको टोटनहम ३३ खेलबाट ६० अंकसहित पाँचौँ स्थानमा छ ।

himalayan life insurance
igi long