stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एसीसी प्रिमियर कप अन्तर्गत आयोजक ओमानले युएईलाई पराजित गरे

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

एसीसी प्रिमियर कप अन्तर्गत आयोजक ओमानले युएईलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा ओमानले युएईलाई ९ विकेटले पराजित गरेको हो ।

बर्षाले प्रभावित भएको सो खेल १५–१५ ओभर खेलिएको थियो । युएईले दिएको १४३ रनको लक्ष्य पछाएको ओमानले १२।४ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

यसअघि पहिला ब्याटिंग गर्दै युएईले १५ ओभरमा ५ विकेट गुमाउदै १४२ रन बनाएको थियो । त्यस्तै गएराती नै सम्पन्न खेलमा कुवेतले बहराइनलाई २६ रनले पराजित गरेको छ ।

योसँगै समुह बि मा ओमान अपराजित रहदै ३ खेलमा ६ अंकसहित शिर्ष स्थानमा छ भने कुवेत ३ खेलमा ४ अंकसहित दोस्रो र युएई ३ खेलमा ४ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै बहराइनले तिनै खेलमा हार बेहोरेको छ भने कम्बोडियाले २ खेलमा हार बेहोरेको छ ।

prabhu mahalaxmi
kumari