stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेशनल लघुवित्त वित्तीय संस्थाको ७.५ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको चैत्र १६ गते सम्पन्न १०औं वार्षिक साधारण सभाले पारित गरेको ७.५ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा भएको छ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फागुन ३० गते बुक क्लोज गरेको थियो ।कम्पनीले फागुन २९ गतेसम्म आफ्नो हितग्राही खातामा बैंक खाता समेत अद्यावधिक गराएको शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गराएको हो ।

उक्त मिति पश्चात् बैंक खाता अद्यावधिक गर्ने शेयरधनीको पनि बैंक खातामा नै नगद लाभांश पठाइने कम्पनीले जनाएको छ ।

तसर्थ आफ्नो शेयर प्रमाणपत्र हालसम्म पनि अभौतिकीकरण नगरेका शेयरधनीलाई यथाशीघ्र अभौतिकीकरण गर्न कम्पनीले आग्रह गरेको छ ।

साथै, फागुन २९ गतेसम्म धितो राखेका शेयरधनीले सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र उपलब्ध गराएपछि मात्र नगद लाभांश जम्मा गरिने र सो मिति पश्चात् कर्जा चुक्त भुक्तान गरेका शेयरधनीको हकमा सम्बन्धित बैंक÷वित्तीय संस्थाको फुकुवा पत्र प्राप्त भएपछि मात्र नगद लाभांश पठाइने कम्पनीले बताएको छ ।

prabhu mahalaxmi
kumari