आईपीएल क्रिकेटमा हैदराबादले पञ्जाबलाई २ रनले हरायो
इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा सनराईजर्स हैदराबादले पञ्जाब किंग्सलाई २ रनले हराएको छ । गएराति भएको खेलमा हैदराबादले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रन मात्र बनायो ।
पञ्जाबका लागि शशाङ्क शर्माले सर्वाधिक ४६ रन बनाए । आशुतोष शर्माले ३३ रन बनाए । हैदराबादका भुवनेश्वर कुमारले २ तथा प्याट कमिन्स, नटराजन, नितिश रेड्डी र जयदेव उनादकटले १–१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८२ रन बनाएको थियो ।
हैदराबादका लागि नितिश रेड्डीले ६४ रन बनाएका थिए । यस्तै अब्दुल समादले २५ तथा ट्राभिस हेडले २१ रन बनाए । पञ्जाबका आर्शदीप सिंहले एक्लैले ४ विकेट लिए ।
जितपछि ५ खेलमा ३ जित सहित हैदराबाद पाँचौँ स्थानमा छ भने ५ खेलमा २ खेल जितेको पञ्जाब छैठौँ स्थानमा छ ।
आईपीएलमा आज राजस्थान रोयल्स र गुजरात टाईटन्स खेल्दैछन् । जयपुरमा हुने खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।