चैत्र १७ देखि प्रथम कपिलवस्तु (तिलौराकोट) गोल्डकप हुँदै
कपिलवस्तु, । कपिलवस्तुको चार नम्बर जितपुरमा प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप हुने भएको छ। चैत १७ गते देखि बुद्धरङ्गशाला जितपुरमा प्रतियोगिता सुरु हुन् लागेको हो।
पत्रकार सम्मेलन गर्दै आयोजक संस्था कपिलवस्तु फुटवल संघले प्रतियोगिता चैत १७ गते देखि २४ गते सम्म संचालन हुन् लागेको जानकारी गराएको हो। प्रतियोगितामा ए डिभिजनका ४ र मोफसलका ४ गरी ८ टिमले प्रतिस्पर्धा गर्ने संघका अध्यक्ष तिलक थापाले बताए।
प्रतियोगितामा ए डिभिजन क्लबहरु थ्री स्टार , त्रिभुवन आर्मी, मछिन्द्र, नेपाल पुलिस र मोफसलका हनामी बीएफसी, सुदूरपश्चिम११, सहारा र आयोजक टिमबाट कपिलवस्तु –११ ले प्रतिस्पर्धा गर्ने छन् ।
लुम्बिनी प्रदेशकै सबै भन्दा ठुलो धन राशि सहितको प्रतिस्पर्धा रहेको खेलमा प्रथम हुनेलाई ११ लाख ११ हजार १११ र दोस्रो हुनेलाई ५ लाख ५५ हजार ५५५ रुपैयाँ र शिल्ड, मेडल र प्रमाणपत्र दिइने अध्यक्ष थापाले जानकारी दिए।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ पाउने छन् भने विधागततर्फ (सर्वाधिक गोलकर्ता र वेष्ट प्लेअर, उत्कृष्ट गोल रक्षक, डिफेन्स, फरवार्ड, प्रशिक्षक) पनि पुरस्कृत हुने आयोजकले बताए।
यस्तै हरेक दिन हुने म्यान अफ दि म्याचलाई नगद १० हजारले सम्मान गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । गोल्डकप व्यवस्थापनका लागि १ करोड १८ लाख बढी खर्च हुने अनुमान गरिएको छ।