citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

एनसेलले खेल र खेलाडीको अभिवृद्धि एवं विकासका लागि विभिन्न खेलहरूमा आबद्धता जनाउँ

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं ।  एनसेलले खेल र खेलाडीको अभिवृद्धि एवं विकासका लागि विभिन्न खेलहरूमा आबद्धता जनाउँदै आएको छ ।

क्रिकेट, फुटबल, गल्फका साथै राष्ट्रिय तथाअन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने पारालम्पिक राष्ट्रिय खेलाडीहरूलाई एनसेलले सहयोग गर्दै आएको छ ।

आजै मात्र सम्पन्न ‘त्रिदेशीय टी–२०आई सिरिज २०२४’ बाहेक हालै भएको आईसीसी लिग टु र नेपाल–क्यानडा एकदिवसीय सिरिजमा एनसेल ‘कनेक्टेड बाई’ साझेदारका रूपमा आबद्ध भएको थियो । ‘हाम्रो साथ नेपालीक्रिकेटलाई’ भन्ने थिमका साथ एनसेलले यी खेलहरूमा सहयोग पु¥याएको हो ।

यसैगरी ‘हाम्रो साथ नेपाली फुटबललाई’ भन्ने थिममा आधारित भई एनसेलले ‘वीरगन्ज गोल्डकप’ र ‘झापा गोल्डकप’ लगायतका फुटबल खेलमा आबद्ध भएको थियो ।

विगतमा पनि एनसेलले एन्फासँगको सहकार्यमा ‘ए’ डिभिजन, यू–१६, वुमन्स नेसनल च्याम्पियनसिप, वुमन्स नेसनल टिमका साथै क्रिकेटअन्तर्गत क्यानको प्राविधिक सहयोगमा ‘एनसेल नेपाल प्रिमियर लिग’ गरेको थियो ।

‘हामी तपाईंकै लागि’भन्ने थिममाआधारित भई एनसेलले राष्ट्रिय पारालम्पिक समिति (एनपीसी) नेपालसँगको सहकार्यमा नेपाल पारालिम्पिक टोलीलाई साथ र सहयोग प्रदान गर्दै आएको छ ।

चौथो एसियाली पारा खेलकुद २०२२ मा नेपाललाई इतिहासमै पहिलो पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनलाई सम्मान गर्दै एनसेलले १ लाख रुपैयाँनगद पुरस्कार पनि प्रदान गरेको थियो ।

एनसेलले गतभदौमाआफ्नो सेवा सञ्चालनको १८औं वार्षिकोत्सवका अवसरमा व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत एनपीसीसँग सहकार्य घोषणा गरेको थियो ।

यसअन्तर्गत कम्पनीले राष्ट्रिय तथाअन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने पारालम्पिक राष्ट्रिय खेलाडीहरूको समग्र तालिम, विकास तथा प्रशिक्षणमा सहयोग गर्दै आएको छ ।

यसैगरी गल्फमा, गल्फ र पर्यटन प्रवर्द्धनसहितआर्थिक र सामाजिक मुद्दामा छलफल तथा अन्तरक्रिया गराउने उद्देश्यले यही चैत १ देखि ३ गतेसम्म पोखरामा ‘एनसेल बाह्रखरी गल्फ एन्ड बियोन्ड’ हुँदै छ ।

गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकापनि यो कार्यक्रममा सहआयोजकका रूपमा आबद्ध भएका छन् ।

एनसेलले ‘बाह्रखरी’सँग सहकार्य गर्दै ५ वर्षदेखि हरेक वर्ष यो कार्यक्रम गर्दै आएको छ । यस बाहेक गतमंसिरमा ‘एनसेल ओपन गल्फ प्रतियोगिता’ पनिआयोजना गरिएको थियो ।
देशको जिम्मेवार कर्पोरेट नागरिकका रूपमा एनसेलले खेल र खेलाडीहरूको अभिवृद्धि एवं विकासमा योगदानगर्दै आएको छ ।

खेलाडीहरू राष्ट्रिय गौरव हुन् र यस्ता सहकार्यले देशमा खेलकुद क्षेत्रको विकास, युवाविकास, सामाजिक एकता लगायतका क्षेत्रमा ठूलो महत्व राख्छ ।

 

himalayan life insurance
igi long