stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

वाफ महिला च्याम्पियनसिप: फाइनल प्रवेशका लागि नेपाल र लेबनान भिड्दै

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । नेपालले वाफ महिला च्याम्पियनसिपमामा आज लेबनानसँग खेल्दैछ। समूह बीचको विजेता टोली नेपाल र समूह ए को उपविजेता लेबनानबीच फाइनल प्रवेशका लागि खेल्न लाखेको हो।

पश्चिम क्षेत्र (वाफ) च्याम्पियनको डेब्यू खेलमा नेपालले शानदार प्रदर्शन गरेको छ। पहिलो खेलमा सिरियालाई ४(१ गोलले हराएको नेपालले दोस्रो खेलमा इराकलाई ५–० ले पाखा लगाएको थियो। तेस्रो तथा अन्तिम खेलमा प्यालेस्टाइनलाई ४–० गोलले पराजित गरेको थियोे।

लेबनान समूह ए को उपविजेता हो। खेल नेपाली समय अनुसार राति पौने ११ बजे ​साउदी अरेबियाको जद्दाह स्थित किङ अब्दुल्लाह स्पोर्टस सिटी रिजर्भ स्टेडियममा हुनेछ।

आजै हुने अर्को खेलमा प्यालेस्टाइन र जोर्डन आमनेसामने हुनेछन्। आजका विजेता टोलीले बिहीबार उपाधिका लागि भिड्नेछन्।

prabhu mahalaxmi
kumari