citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

डियाजको निर्णायक गोलमा रियल विजयी

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

ब्राहिम डियाजको उत्कृष्ट गोलको मद्दतले रियल मड्रिडले च्याम्पियन्स लिगको अन्तिम–१६ को पहिलो लेगमा जीत हासिल गरेको छ । मंगलबार राति भएको खेलमा रियलले जर्मन क्लब आरबी लेइपजीगलाई १–० गोलले हराएको हो ।

पहिलो  हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफको सुरुवातमा नै डियाजले गोल गरेका थिए । जुड बेलिङह्याम घाइते भएपछि स्पेनिस खेलाडी सुरुवाती ११ मा समावेश भएका थिए ।

जीतसँगै रियलले पछिल्ला १४ सिजनमा १२ औँ पटक प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।  अब दोस्रो लेग रियलको घरेलु मैदान सान्टियागो बेनेबाउमा ६ मार्चमा खेलिनेछ ।

himalayan life insurance
igi long