stcnepal long ad
ime life insurance
national life
global ime bank long

कान्तिपुर सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । सहकारी विभागले कान्तिपुर बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको छ ।

२९ माघ सोमबार उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गर्न भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सिफारिस गरिएको सहकारी विभाग स्रोतले जानकारी दिएको छ ।

सहकारी ऐनको दफा १०४ मा विभागले समस्याग्रस्त घोषणा गर्नका लागि सिफारिस गर्न सक्ने र मन्त्रालयले संस्थालाई समस्याग्रस्त घोषणा गर्न सक्ने व्यवस्था छ ।

सहकारी संस्थाले सदस्यको हित विपरीत हुने गरी कुनै कार्य गरेको पाइए संस्थाले पूरा गर्नुपर्ने वित्तीय दायित्व पूरा नगरेको वा भुक्तानी गर्नुपर्ने दायित्व भुक्तानी गर्न नसकेको तथा भुक्तानी गर्न नसक्ने अवस्था भए सहकारी विभागको रजिस्ट्रारले समस्याग्रस्त घोषणाका लागि सिफारिस गर्न सक्ने व्यवस्था छ ।

IME Lifesidebar
kumari