stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

यू–१९ विश्वकप : अफगानिस्तानलाई पराजित गर्दै नेपाल सुपर सिक्समा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल आइसिसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा प्रवेश गरेको छ। अफगानिस्तानलाई पराजित गर्दै नेपाल दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपको सुपर सिक्समा प्रवेश गरेको हो।

१४६ रनको लक्ष्य पछ्याएको नेपालले ३२ बल बाँकी हुँदा १४९ रन बनाउँदै ४४.४ ओभरमा अफगानस्थानमाथि १ विकेटको जित निकालेको हो ।

नेपालको जितका लागि कप्तान देव खनालले अर्धशतक महत्त्वपूर्ण बन्यो। अफगानिस्तानले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान खनालले ७३ बलमा सात चौकासहित अर्धशतक बनाउनुभएको हो। ८९ बलको सामना गर्दै कप्तान खनालले ५८ रन जोड्नुभयो।

नेपालका लागि दिपक बोहोराले ४२ बलमा २७ रन जोड्नुभयो। सुवास भण्डारीले २९ बलमा नटआउट ९ रन जोड्दै नेपाललाई जित दिलाउनुभयो ।

नेपालका लागि आकाश त्रिपाठी १६ र अर्जुन कुमालले १० रन जोड्नुभयो। अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन्। दिपक डुम्रे ५, दीपेश कँडेल ४, विपिन रावलले २ रन बनाउनुभयो । गुलसन झा र आकाश चन्द एकएक रनमै आउनु हुनुभयो।

शुक्रबार दक्षिण अफ्रिकाको इष्ट लन्डनस्थित बफेलो पार्क मैदानमा टस हारेर बलिङको निम्तो पाएको नेपालले ४०।१ ओभरमा १० विकेट लिँदै अफगानिस्तानलाई १४५ रनमा समेटेको थियो।

समूह ‘डी’मा रहेको नेपाल यसअघि लगातार दुई खेलमा पराजित भएको थियो। अन्तिम खेलमा अफगानिस्तानलाई स्तब्ध पार्दै सुपर सिक्सको यात्रा तय गर्न सफल भएको हो।

शुक्रबारको खेलमा अफगानिस्तानलाई मध्यम स्कोरमा समेट्न नेपालका लागि आकाश चन्दले सर्वाधिक पाँच विकेट लिनुभयो।

दीपेश कँडेलले दुई विकेट लिनुभयो भने गुलसन झा, तिलक भण्डारी र सुवास भण्डारीले एक/एक विकेट लिनुभएको छ। समूह ‘डी’बाट नेपालसहित न्युजिल्याण्ड र पाकिस्तान सुपर सिक्समा प्रवेश गरेका छन्।

यसअघि नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो भने दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटको हार बेहोरेको थियो।

 

prabhu mahalaxmi
kumari