stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

घट्दैछ बैंकहरुको आधार दर : १७ को एकल अंकमै झर्यो

२०८० पुस मसान्तसम्ममा बैंकहरुको औसत आधार दर ९.४४ प्रतिशत रहेको छ ।

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बैंकहरुको आधार दर क्रमशः घट्दो क्रममा रहेको छ । १ वर्षको अवधिलाई आधार मानेर हेर्दा वाणिज्य बैंकहरुको आधार दर (बेस रेट) १.३३ प्रतिशत बिन्दुले घटिसकेको छ ।

२०८० पुस मसान्तसम्ममा बैंकहरुको औसत आधार दर ९.४४ प्रतिशत रहेको छ । २०७९ पुसमा बैंकहरुको यस्तो दर १०.७७ प्रतिशत थियो । यता, महिनाको दिनको अवधिमा बैंकहरुको बेस रेट ०.५६ प्रतिशत बिन्दुले घटेको छ ।

असोजमा वाणिज्य बैंकहरुको औसत आधारदर १०.०१ प्रतिशत थियो ।केही समयदेखि वाणिज्य बैंकहरुको आधार दर समग्रमा घट्दै आइरहेको छ ।

तर कर्जा लिनेलाई राम्रैसँग राहत मिल्ने गरी अझै पनि ब्याजदर सस्तो हुन सकेको छैन् । यसअघि ब्याजदर निकै अकासिएकाले अहिले थोरै घटे पनि ऋणीले राहत अनुभव गर्न नपाएका हुन् ।

अहिले पनि नयाँ कर्जा लिनेले वा नवीकरण गर्दा दोहोरो अंककै ब्याजदर तिर्नुपर्ने अवस्था रहेको ऋणीहरुको भनाई छ । यसअघि बैंकहरुले मुद्दति निक्षेपमा उच्च ब्याजदर दिएका थिए ।

सोही कारण अहिले पनि लागत उच्च नै रहेको बैंकरहरुको भनाई छ । अब वैशाखदेखि ऋणीले राहत पाउने गरी बेस रेट अर्थात् कर्जाको ब्याजदर घट्ने उनीहरु बताउँछन् । ब्याजदर बेस रेटसँग प्रत्यक्ष सम्बन्धित हुने गर्छ ।

किनभने बैंकहरुले बेस रेटमा निश्चित प्रतिशत प्रिमियम थपेर ब्याजदर तय गर्छन् । बेस रेट सस्तो भएमात्र कर्जाको ब्याजदर पनि सस्तो हुन जान्छ । अनि, मात्र ऋणीले राहत पाउन सक्छन् ।

तुलनात्मकरुपमा अझै पनि कर्जाको ब्याज महँगो हुनु, आर्थिक मन्दी लगायतका कारण नयाँ कर्जा लिएर काम सुरु गर्नेहरुको कमी हुनु अनि यसअघि कर्जा लिएकाहरुले साँवा–ब्याजसमेत तिर्न नसक्ने अवस्थामा पुगेकाले वित्तीय प्रणालीमा पर्याप्त तरलता रहे पनि कर्जा विस्तार अपेक्षा अनुसार हुन नसकेको हो ।

तर बेस रेट सस्तो हुँदै जाँदा कर्जा प्रवाह पनि विस्तारै बढ्दै जाने अपेक्षा गर्न सकिन्छ । १७ बैंकको आधार दर एकल अंकमापुस मसान्तससम्म आइपुग्दा १७ वाणिज्य बैंकको आधार दर एकल अंकमा रहेको छ ।

यसअवधिमा स्टान्डर्ड चार्टर्ड बैंकको आधार दर सबैभन्दा कम ७।५६ प्रतिशत छ । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको आधार दर ७.९० प्रतिशत रहेको छ ।

नेपाल र एभरेष्ट बैंकको आधार दर पनि ८ प्रतिशतभन्दा कम रहेको छ । १३ बैंकको आधार दर १० प्रतिशतभन्दा कम रहेको छ । ३ बैंकको भने १० प्रतिशतभन्दा धेरै रहेको छ ।

सबैभन्दा धेरै आधार दर हिमालयन बैंकको १०.५९ प्रतिशत रहेको छ । बैंकहरुले आधार दरमा निश्चित प्रतिशत प्रिमियम थप गरेर कर्जा प्रवाह गर्दै आएका छन् ।

prabhu mahalaxmi
kumari