macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

न्युजिल्यान्डसँग नेपाल ६४ रनले पराजित

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपाल न्यूजिल्याण्डसँग ६४ रनले पराजित भएको छ ।

न्यूजिल्यान्डले दिएको ३०३ रनको भारी लक्ष्य पछ्याएको नेपाल निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३८ रन मात्र बनायो।

खेलमा नेपालका अर्जुन कुमालले ९० रनको बनाए । ९० रन जोड्ने क्रममा उनले १०४ बलमा १२ चौका प्रहार गरे। यस्तै कप्तान देव खनालले ३६ र सुभाष भण्डारीले ३३ रन बनाए ।

यसअघि पहिला ब्याटिङ गरेको न्यूजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३०२ रन बनाएको थियो ।

बलिङमा नेपालका सुवास भण्डारीले ३ विकेट र गुल्सन झाले २ विकेट लिए भने दिपेश कंँडेल, तिलक भण्डारी र आकास त्रिपाठीले १,१ विकेट लिए । अब नेपालले अर्को खेल बुधबार पाकिस्तान र शुक्रबार अफगानिस्तानसँग खेल्नेछ।

himalayan life insurance
igi long
NTA long ad