macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

आहा रारा पोखरा गोल्डकपमा आयोजक सहारा र थ्रीस्टार उद्घाटन खेलमा खेल्ने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

पोखरा। २३औं आहा रारा पोखरा गोल्डकप फुटबलको उद्घाटन खेलमा आयोजक सहारा क्लब र थ्रीस्टार क्लब क्लब भिड्ने भएका छन् ।

आयोजकले शुक्रबार सार्वजनिक गरेको खेलतालिका अनुसार ९ माघमा पोखरा रंगशालमा सहारा र थ्रीस्टारबीच पहिलो खेल हुनेछ । खेल दिउँसो २ बजे सुरु हुनेछ ।

प्रतियोगिता खेल्न यसअघि भारतको दिल्ली दिल्ली एफसी आउने भनिनएपनि अन्तिम समयमा नआउने भएको छ । उसको सट्टा नेपालकै विभागीय टोली एपीएफले भाग लिने भएको छ ।

भुटानको लिग च्याम्पियन पारो एफसी प्रतियोगिताको एक मात्र विदेशी टिम हुनेछ । प्रतियोगितामा कूल १२ टोलीको सहभागिता रहने छ । नकआउट फर्म्याटमा हुने प्रतियोगिताको फाइनल खेल माघ २० गते हुनेछ ।

 

himalayan life insurance
igi long
NTA long ad