macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

कतार एएफसी एसियन कपको अन्तिम १६ मा प्रवेश

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । आयोजक कतार लगातार दुई खेल खेल्दै घरेलु मैदानमा भइरहेको एएफसी एसियन कपको अन्तिम १६ मा प्रवेश गरेको छ ।

समूह ए अन्तर्गत बुधबार राति भएको खेलमा साविक विजेता समेत रहेको कतारले ताजिकिस्तानलाई १–० ले पराजित गरेको थियो ।

अल बायत स्टेडियममा भएको खेलमा कतारका लागि अक्रम अफिफले एक मात्र गोल गरे । उनले १७औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको हो ।

लगातार दुई खेल जितेको कतार एक खेलअघि नै समूह ए को विजेता बन्ने पक्का भएको छ । दुई खेलबाट कतारको ६ अंकसहित शीर्ष स्थानमा छ । समान खेलबाट चीनको २ तथा लेवानोन र ताजिकिस्तानको  समान एकरएक अंक छ । कतारले  अब समूहको  अन्तिम खेलमा चीनसँग खेल्नेछ ।

एसियन कपमा २४ टोली सहभागी छन् । जसलाई ६ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली सीधै अन्तिम १६ मा प्रवेश गर्नेछन् । यस्तै तेस्रो हुने ६ मध्ये उत्कृष्ट ४ टोलीले पनि नकआउट चरणमा स्थान बनाउनेछन् ।

 

himalayan life insurance
igi long
NTA long ad