stcnepal long ad
global ime bank long

टोकियो ओलम्पिक गर्न जापान प्रतिवद्ध

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । जापानका प्रधानमन्त्री सिञ्जो आवेले अर्को वर्ष गर्ने गरी तय भएको टोकियो ओलम्पिक  हरहालतमा आयोजना हुने प्रतिवद्धता दोहोर्याउनु भएको छ ।

ओलम्पिकको आयोजना र कोभिड-१९ को प्रभाव विषयमा बोल्दै प्रधानमन्त्री आवेले टोकियो ओलम्पिकलाई सुरक्षित प्रतियोगिता बनाउन जापान सरकार प्रतिवद्ध रहेको पनि बताउनुभएको छ ।

कोभिड महामारी पछि अब पुनर्संरचना सहित जापानको नव निर्माण गरी अघी बढ्ने बेला आएको पनि उहाँले बताउनुभयो ।

यसबर्ष जापानको टोकियोमा आयोजना हुने तय भएको ओलम्पिक प्रतियोगिता  कोभिड महामारीका कारण एक बर्ष स्थगित गरिएको छ । तर अझैपनि प्रतियोगिताका सबै खेलहरु सुरक्षित रुपमा नै सम्पन्न हुनेमा द्विधा व्यक्त भइरहेका छन् ।

जापानले सुरक्षित प्रतियोगिताका लागि १२.६ अर्ब अमेरिकी डलर भन्दा बढी रकम खर्च गर्ने बताइएको भएपनि वास्तविक खर्च भने त्यसको दोब्बर हुने बताइएको छ ।

महामारीले निम्याएको संकटका समयमा त्यति धेरै रकम खर्च गरेर खेल प्रतियोगिता आयोजना गर्ने वा नगर्ने भन्ने बारेमा पनि बहस शुरु भएपछि प्रधानमन्त्री आवेले ओलम्पिक हुने बताउनु भएको हो ।।

IME Lifesidebar
kumari