stcnepal long ad
ime life insurance
global ime bank long

लक डाउनमा ६ अर्बको औषधि आयात

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

 

काठमाडौं । गत चैत ११ गतेदेखि जारी बन्दाबन्दीको अवधिमा ६ अर्ब रुपैयाँ बराबरको औषधि आयात भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा ५ अर्ब ९० करोड ९६ लाख १० हजार रुपैयाको तयारी औषधि तथा यससँग सम्बन्धित कच्चा पदार्थ आयात भएको हो ।
कुल ४ अर्ब ५७ करोड २९ ला ९३ हजार बराबरको तयारी औषधि र १ अर्ब ३३ करोड ६६ लाख १७ हजारको औषधिका कच्चा पदार्थ आयात भएको छ ।
मन्त्रालयका प्रवक्ता प्रकाश दाहालका अनुसार बन्दाबन्दीको अवधिमा ३ लाख १२ हजार ८८१ मेट्रिक टन खाद्यान्न, ७८ हजार २२७ मेट्रिक टन दलहन, ९९ हजार ३७३ मेट्रिक टन तरकारी, ३९ हजार ४४८ मेट्रिक टन फलफूल र १२ हजार ३११ मेट्रिक टन दुग्धजन्य पदार्थ पनि आयात भएको छ । उनका अनुसार बन्दाबन्दी सुरु भएपछि खाद्य पदार्थ आयातमा वृद्धि भएको छ ।

पहिलो हप्तादेखि दसौं हप्तासम्मको औसत आयातको तुलनामा खाद्यान्नमा ६.९ प्रतिशत र दाल तथा गेडागुडी आयातमा १४.७ प्रतिशतले वृद्धि भएको छ । यसैगरी तरकारीमा ४ प्रतिशत, फलफूलको आयातमा ३८ प्रतिशत, दुग्धजन्य पदार्थको आयातमा २ हजार ६५८ प्रतिशत, औषधि कच्चा पदार्थमा ३०.१ र तयारी औषधिमा ४४.२ प्रतिशतले वृद्धि भएको छ । रसुवागढीबाहेक सबै सीमा नाकाबाट निरन्तररूपमा सामान आयात भइरहेको मन्त्रालयको भनाई छ ।

गत जेठ १ गतेदेखि ३१ गतेसम्म खाद्यान्न, औषधि लगायतका पदार्थ लिएर काठमाडौं उपत्यकामा ३ हजार ८९० ट्रकहरु प्रवेश गरेका छन् । ती मध्येमा धान बोकेका ७०, मकै बोकेका ३९२, चामलका ६६४, गहुँका १४७, मैदाका १५१, चिनीका १०१, नुनका ३१ ट्रक प्रवेश गरेका छन् । यसैगरी, दालका १०५, अण्डाका १३५, कुखुराका १६७, फलफूलका ४२०, दूधका २७६, औषधिका २०९, घ्यूतेलका १९२, अक्सिजनका ९ र तरकारीका ८२१ व्टा ट्रक उपत्यका प्रवेश गरेका थिए ।   रासस
prabhu mahalaxmi
kumari