macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

वरिष्ठ फुटबल प्रशिक्षक भीम थापाको निधन

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । वरिष्ठ फुटबल प्रशिक्षक भीम थापाको शुक्रबार निधन भएको छ । हृदयाघातका कारण थापाको निधन भएको हो ।

शुक्रबार बिहान हृदयाघात भएपछि अस्पताल लैजादैँ गर्दा बाटोमै थापाको निधन भएको थियो । थापा काठमाडौँको कुलेश्वरमा बस्दै आएका थिए ।

थापा राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक पनि हुन् । उनले खेलाडीको भूमिकामा पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गरेका थिए ।

उनी सन् १९७१ मा  जापानमा यू–१९ एशियन  च्याम्पियनसिप  खेल्ने टोलीका प्रभावशाली सदस्य थिए । थापाले महावीर,एनआरटी लगायतका विभिन्न क्लबबाट पनि फुटबल खेलेका थिए ।

himalayan life insurance
igi long
NTA long ad