citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

अष्ट्रेलियामाथि भारतको लगातार दोस्रो जित

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

घरेलु टोली भारतले टी–२० शृङ्खला अन्तर्गत दोस्रो खेलमा अस्ट्रेलियालाई ४४ रनले पराजित गरेको छ । जितसँगै पाँच खेलको टी–२० आई सिरिजमा भारतले २–० को अग्रता लिएको छ।

थिरुवनन्तपुरममा अस्ट्रेलियाले टस जितेर बलिङ रोजेपछि भारतले पहिले ब्याटिङ गरेको थियो । भारतले दिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९१ रनमा अलआउट भयो ।

अस्ट्रेलियाका लागि मार्कस स्टोइनिसले सर्वाधिक ४५ रन बनाए भने कप्तान म्याथ्यु वेडले ४२ रन जोडे । यस्तै, टिम डेविडले ३७, स्टेभेन स्मिथ र म्याथु शर्टले १९–१९ रन बनाए ।

भारतका रवि बिस्नोइ र प्रसिद्ध कृष्णाले ३–३ विकेट लिए भने अर्शदीप सिंह, अक्षर पटेल र मुकेश कुमारले एकरएक विकेट लिए । त्यसअघि भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ३५ रन बनाएको थियो ।

भारतको जितमा ऋतुराज गायकवाडले ५८ रनको अर्धशतकीय पारी खेले । यस्तै, यशस्वी जैसवालले ५३ र इशान किशनले ५२ रनको योगदान गरे ।

रिङ्कु सिंहले ३१ रन बनाए भने सूर्यकुमार यादवले १९ रन जोडे । अस्ट्रेलियाका नाथन एलिसले ३ विकेट लिए भने मार्कस स्टोइनिसले १ विकेट लिए ।

भारत पहिलो खेलमा २ विकेटले विजयी भएको थियो । अब तेस्रो खेल भोलि हुनेछ । यस्तै, चौथो खेल शुक्रवार र पाँचौँ तथा अन्तिम खेल आइतबार हुनेछ ।

gold
kumari bank