macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

आजबाट नेपाल सुपर लिगको दोस्रो संस्करण 

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल को दोस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदैछ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले कोभिड संक्रमणको समय (२०७८) मा बिना दर्शक आयोजना गरेको पहिलो संस्करणको सफलतापछि आजबाट दोस्रो संस्करण सुरु गराउँदै छ ।

काठमाडौँको दशरथ रङ्गशालामा लिगको उद्घाटन समारोहमा लोकप्रिय गायक सुशान्त केसीले साङ्गीतिक प्रस्तुति दिने आयोजकले जनाएको छ ।

यसबाहेक दर्शकहरूका लागि मनोरञ्जनात्मक कार्यक्रम, फुड स्टललगायत अन्य व्यवस्था गरिने नेपाल सुपर लिगका प्रबन्ध निर्देशक श्रेयान्श कार्कीले जानकारी दिएका छन् ।

आयोजकले यो संस्करणका खेलमा दर्शकको साथ पाउने अपेक्षा गरेको छ । नेपाली फुटबलको विकास गर्ने लक्ष्यसहित सञ्चालित एनएसएलमा दर्शकको उपस्थितिले लिग भव्य हुने बुधबार पत्रकार सम्मेलनमार्फत कार्कीले जानकारी गराएका हुन् ।

लिगमा पहिलो संस्करणको तुलनामा खेल संख्या बढेकोले ९ टोलीले ४० वटा खेल खेल्नेछन् । लिगका खेल हेर्न दर्शकले अनलाइन टिकट काट्न सक्ने छन् । रङ्गशालाको सामान्यतर्फ २ सय र भीआइपीतर्फ ५ सय रुपैयाँ टिकट मूल्य तोकिएको छ ।

उपाधि विजेताले प्राप्त गर्ने रकम आयोजकले तोकेको छैन, दर्शकको उपस्थितिले नै निर्धारण हुने कार्कीले जनाए । आज पहिलो संस्करणको च्याम्पिएन टिम काठमाडौं रेजर्स र नयाँ टिम स्पोर्टिङ इलाम एफसीबीच पहिलो खेल हुँदै छ । खेल साँझ ६ बजे सुरु हुनेछ ।

himalayan life insurance
igi long
NTA long ad