अस्ट्रेलियाविरुद्ध भारतको रोमाञ्चक जीत
ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा भारतले अस्ट्रेलियालाई पराजित गरेको छ । भारतको डाक्टर राजाशेखर रेड्डी क्रिकेट रंगशालामा गएराति २०९ रनको लक्ष्य पछ्याएको भारतले एक बल बाँकी हुँदा ८ विकेट गुमाएर लक्ष्य भेट्टाएको हो ।
२०९ रनको विशाल लक्ष्य पछ्याएको भारतले १९।५ ओभरमा ८ विकेट गुमाएर रोमाञ्चक जीत हात पारेको हो ।
भारतका लागि कप्तान सुर्यकुमार यादवले सर्वाधिक ८० रन बनाए । इसान किसनले ५८ रनको पाली खेल्दा रिंकु सिंहले २२ तथा यसस्वी जैसवालले २१ रन बनाए।
त्यसअघि टस हारेर ब्याटिङ गरेको अस्ट्रेलियाले जोस इङ्लिसको शतकप्रेरित खेलमा घरेलु टोली भारतसामू २०८ रन बनाएको थियो।
अस्ट्रेलियाविरुद्ध ५ टी–२० सिरिज दोस्रो खेल त्रिवान्तपुरममा नोभेम्बर २६ मा, तेस्रो खेल गुहाटीमा नोभेम्बर २८ मा, चौथो खेल रायपुरमा डिसेम्बर १ मा र पाँचौं खेल बेंगलुरुमा डिसेम्बर ३ मा हुनेछ।