मालोर्कामाथि बार्सिलोनाको शानदार जित, रियल मड्रिड ५ अंकले पछि

आर्थिक सञ्जाल
काठमाडौ । कोरोनाभाइरस पछिकाे पहिलाे खेलमा बार्सिलाेनाले शानदार जित निकालेकाे छ । गएराति मालोर्कालाई उसकै घरेलु मैदानमा ४-० गाेलकाे फराकिलाे अन्तरले पराजति गर्याे ।
बार्सिलाेनालाई शानदार जित दिलाउनकाे लागि अर्टुरो भिडाल, नयाँ खेलाडी मार्थिन ब्रेथवेट, जोर्डी अल्बा र कप्तान लिओनल मेस्सीले समान एक-एक गाेल गरे । कप्तान मेस्सीले २ गोलमा असिस्ट पनि गरे ।
बार्सिलोनाले खेल सुरु भएको दाेस्राे मिनेटमै गाेल गर्दै सुरुआती अग्रता लिएको थियो । लामो दूरीबाट डिफेन्डर जोर्डी अल्बाले दिएको आकासे पासमा चिलियन मिडफिल्डर अर्टुरो भिडालले बक्स भित्रबाट सुन्दर हेडिङ प्रहारमा गोल गरेर घरेलु टोलीलाई सुरुआतमै झट्का दिएका थिए ।
३७ औं मिनेटमा मेस्सीले असिस्टमा मार्टिन ब्रेथवेटले गोल गर्दै बार्सिलोनाकाे अग्रता देब्बर बनाए । बार्सिलोनाका लागि ब्रेथवेटको पहिलो गोल थियो । डेनिस खेलाडी ब्रेथवेट गत जनवरी विन्डोपछि आकस्मिक अनुबन्धका रूपमा बार्सिलोना पुगेका थिए । पहिलो हाफमा २ गोल गरेको
दोस्रो हाफमा थप २ गोल थप्याे । ७९औं मिनेटमा लियोनेल मेस्सीको पासमा जोर्डी अल्वाले गोल गर्दै बार्सिलोनालाई सहज जिततर्फ अघि बढाए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा मेस्सीले लुइस सुआरेजको पासमा गोल गर्दै बार्सिलोनालाई ४–० को सानदार जित दिलाए ।
याे जितसँगै बार्सिलोनाले शीर्षस्थानमा रियल म्याड्रिडविरुद्ध ५ अंकको अग्रता बनाएको छ । यद्दपि रियलले एक खेल कम खेलेको छ । बार्सिलोनाको २८ खेलबाट ६१ अंक पुगेको छ । २७ खेल खेलेको रियलले ५६ अंक जाेठेकाे छ । पराजित मालोर्का २५ अंक जोडेर रेलिगेसन जोनको १८औं स्थानमा छ ।