पर्वतमा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, ६ जना बेपत्ता

आर्थिक सञ्जाल
पर्वत । पर्वतमा पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् । शनिबार साँझदेखि परेको मुसलधारे वर्षाका कारण कुश्मा नगरपालिका-३ दुर्लुङका २ घर बगाएको हो भने आधा दर्जन घर जोखिममा रहेकाछन् ।
पहिरोमा पुरिएर अन्दाजी ६० बर्षिय तुलबहादुर थापा, उनकी श्रीमती मिनकुमारी थापा र ९ बर्षिया दिवीसा थापा नातिनीको शब फेला परेको छ । अन्यको खोजी कार्य जारी रहेको छ । वर्षा भइरहेका कारण खोजी कार्यमा समस्या परेको छ ।
बर्षाका कारण गाउँमा धेरै क्षति भएको र थप बर्षा भएमा पहिरो नजिकका आधा दर्जन घर जोखिममा छन् । गाउँमा अन्य घर र तथा गोठ भत्केको जानकारी आएपनि मानवीय क्षतिको बिबरण नआएको बताइएको छ ।-