citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

विश्वकप छनोटमा अर्जेन्टिना र ब्राजिल पराजित

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा पूर्वविजेता अर्जेन्टिना र ब्राजिल पराजित भएका छन् ।

आज  शुक्रवार बिहान घरेलु  मैदानमा भएको खेलमा  अर्जेन्टिना उरुग्वेसँग २–० गोलले पराजित भयो । उरुग्वेका लागि रोनाल्ड अराउजोले खेलको ४१ र डार्विन नुजेजले ८७ मिनेटमा गोल गरे ।

उरुग्वेसँग हारे पनि अर्जेन्टिना ५ खेलमा १२ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । उरुग्वे उति नै खेलमा १० अंक सहित दोस्रो स्थानमा उक्लिएको छ ।

यस्तै आजै बिहान घरेलु मैदानमा भएको खेलमा ब्राजिल कोलम्बियासँग २–१ गोलले पराजित भयो । ब्राजिलले शुरुवाती गोल गर्दै अग्रता लिए पनि कोलम्बियाले उत्कृष्ट पुनरागमन गर्दै जित निकाल्यो ।

कोलम्बियाका लागि लुइस डियाजले खेलको ७५ र ७९ मिनेटमा गोल गरे । ब्राजिलका लागि खेलको ४ मिनेटमा गब्रेल मार्टीनेली गोल गरे ।

ब्राजिल ५ खेलमा ७ अंक सहित पाँचौँ स्थानमा छ । कोलम्बिया उति नै खेलमा ९ अंक सहित तेस्रो स्थानमा उक्लिएको छ ।

himalayan life insurance
igi long