citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नाफामा १२८ प्रतिशत वृद्धि

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ११ करोड ८ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा १२८.३८ प्रतिशतले धेरै हो ।

गत वर्ष यसले ४ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्दा नाफामा सुधार आएको हो । यसको उक्त आम्दानी १३ करोड ५७ लाखबाट बढेर ३७ करोड २ लाख रुपैयाँ पुगेको छ ।

यसको कुल दावी भुक्तानी ५३ करोड ८२ लाख रुपैयाँ रहेको छ । गत वर्ष १५ करोड २८ लाख रुपैयाँ थियो । हाल यस इन्स्योरेन्सको चुक्ता पुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ रहेको छ ।

यसको रिटेन्ड अर्निङमा ८२ करोड ४६ लाख रुपैयाँ रहेको छ ।यसको ग्रस इन्स्योरेन्स कन्ट्याक्ट लियाबलिटिज् (जीवन बिमा कोष) ११ अर्ब ८२ करोड रुपैयाँ रहेको छ ।

असोजसम्म कम्पनीले १ अर्ब ४३ करोड २६ लाख रुपैयाँ बराबरको खुद बिमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको भन्दा १६०.८७ प्रतिशतले धेरै हो ।

गत वर्ष यसले ५४ करोड ९१ लाख रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेको थियो । यसको प्रतिसेयर आम्दानी १० रुपैयाँ ६० पैसा छ ।

प्रतिसेयर नेटवर्थ भने १२२ रुपैयाँ ७६ पैसा रहेको छ । यस कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एनएफआरएस विधिबाट वित्तीय विवरण सार्वजनिक गरेको छ ।

himalayan life insurance
igi long