citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

स्पेनिस लालिगा : सेभियाद्वारा रियल बेटिस २-० ले पराजित

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडाैं । स्पेनिस लालिगा अन्तर्गत गएराति भएको पहिलो खेलमा सेभिया बिजयी भएको छ । उसले रियल बेटिसमाथि ० को बिरुद्ध २ गोल गर्दै सुखद यात्रा सुरु गरेको हो ।

सेभियाको जितमा ओकम्पास र फर्नान्डोले एक/एक गोल गरे । पहिलो हाफसम्म प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले राम्रा गोलको अवसर गुमाएका थिए । तर दोस्रो हाफपछि भने सेभियाले कुनै अवसरपनि खेर जान दिएन ।

खेलको ५६औं मिनेटमा लुकास ओकम्पासले पेनाल्टी मार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । मार्क बार्टाले लुक डि जोङमाथि फउल गरेपछि रेफ्रीले भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) को सहायतामा सेभियालाई पेनाल्टी दिएका थिए ।

६२औं मिनेटमाओकम्पासकै कर्नरमा अनमार्क रहेका फर्नान्डोले हेडमार्फत गोल गर्दै सेभियाको अग्रता दोब्बर पारेका थिए । रियल बेटिसलाई पनि आफ्नै खेल मैदानमा हराउन सेभिया सफल भएको हो ।

जितसँगै सेभियाले अर्को सिजनको च्याम्पियन्स लिगका लागि सम्भावना बलियो बनाएको छ । २८ खेलबाट ५० अंक जोडेको सेभिया तेस्रो स्थानमा छ ।२८ खेल नै खेलेको रियल बेटिस ३३ अंक जोड्दै १२औं स्थानमा रहेको छ ।

ला लिगामा शुक्रबार राति पनि दुई खेल हुँदैछ । ग्रानडा र गेटाफे राति ११ः१५ बजे तथा भ्यालेन्सिया र लेभान्टे राति १ः४५ बजे प्रतिस्पर्धा गर्दैछन् । काेराेना भाइरसकाे त्रासका कारण राेकिएकाे लालिगा बिहीबारबाट पुन: संचालन भएकाे हाे ।

gold
kumari bank