नेपालले यू–१९ प्रिमियर कपको सेमिफाइनलमा जापानसँग खेल्ने
काठमाडौँ । नेपाली यू–१९ टिमले प्रिमियर कपको सेमिफाइनलमा जापानलाई प्रतिद्वन्द्वी पाएको छ । मलेसियामा चलिरहेको यो प्रतियोगितामा नेपाल र जापानबीचको सेमिफाइनल खेल भोलि शनिबार हुने छ ।
समूह एमा अपराजित हुँदै सेमिफाइनल पुगेको नेपालले समूह डीको विजेताको रूपमा जापानलाई प्रतिस्पर्धी पाएको हो ।
यूकेएम वाइएसडी ओभल, बाङ्गीमा शुक्रबार भएको समूह डीअन्तर्गतको अन्तिम खेलमा हङकङलाई डकवर्थ लुइस ९डीएलएस० प्रणालीमा ५७ रनले हराउँदै जापान समूह विजेता बनेको हो ।
यू–१९ प्रिमियर कपको फाइनल खेल भने कात्तिक ७ गते हुनेछ । यो प्रतियोगिताका शीर्ष ३ टिमले आउँदो डिसेम्बरमा हुने यू(१९ एसिया कप खेल्न पाउने छन् ।

























