१९ वर्षमुनिको साफ च्याम्पियनसीप फुटबलको फाइनलमा पुग्न आज नेपाल र भारत खेल्दै

काठमाडौं । १९ वर्षमुनिको साफ च्याम्पियनसीप फुटबलको सेमिफाइनलमा आज नेपाल र भारत खेल्दैछन् । यो खेल बेलुका साढे ५ बजे दशरथ रंगशालामा शुरु हुने छ ।
त्यसअघि हुने अर्को सेमिफाइनल खेलमा दिउँसो साढे १ बजे भुटान र पाकिस्तान खेल्नेछन् ।आजको खेल जित्ने टोली फाइनलमा पुग्नेछन् ।
घरेलु टोली नेपाल सन् २०१५ र सन् २०१७ को विजेता हो भने भारतले सन् २०१९ र २०२२ मा उपाधि जितेको थियो । यो प्रतियोगितामा नेपाल समूह चरणमा पाकिस्तानसँग हारेको थियो भने माल्दिभ्सलाई ४–१ गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो । भारतले समूह चरणमा भुटान र बंगलादेशलाई हराएको थियो । फाइनल खेल शनिवार हुनेछ ।
१० असोज २०८०, बुधवार ०६:४८ बजे प्रकाशित