stcnepal long ad
global ime bank long

भक्तपुरको थिमिमा शुक्रबार राति जिब्रो छेड्ने जात्रा हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । भक्तपुरको मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा भन्ने बित्तिकै प्रत्येक वर्ष बिस्केटमा मध्यपुर थिमिको बोडेमा हुने जिब्रो छेड्ने जात्रा भनेर बुझिन्छ। तर मध्यपुर थिमिमै प्रत्येक वर्ष यस्तै जिब्रो छेड्ने जात्रा हुने गर्दछ। प्रत्येक वर्ष येंया पुन्हिया मेंय् प्वाः खनेगु जात्रा (इन्द्रजात्राको क्रममा जिब्रो छेड्ने जात्रा) हुने गर्दछ।

यो जात्रा यस वर्ष असोज १२ गते शुक्रबार हुनेछ। जात्राको क्रममा जिब्रो छेड्ने स्थान भने मध्यपुर थिमि नगरपालिका वडा नं ५ दिगु टोलस्थित दिगुभैरब मन्दिर अगाडिको डबालीमा हुने गर्दछ।

बिस्केटमा हुने जिब्रो छेड्ने जात्रा दिउँसो हुने गरे पनि यहाँ भने राति मात्रै जात्रा हुने गर्दछ। यो वर्ष राति ८ बजे जिब्रो छेड्ने कार्यक्रम तय गरिएको छ।

IME Lifesidebar
kumari