citizens life insurance long ad
stcnepal long ad

पोर्चुगलको लगातार पाँचौं जित, फर्नान्डेजको निर्णायक गोल

Nimb long ad
Prabhu Insurance Long Ad

युरोकप २०२४ छनोटमा पोर्चुगलले लगातार पाँचौं जित निकालेको छ । पाँचौं जित निकाल्नेक्रममा बिहीबार राति सम्पन्न खेलमा पोर्चुगलले स्लोभाकियालाई १–० गोल अन्तरले हरायो ।

समूह ‘जे’ अन्तर्गत भएको खेलमा स्लोभाकियाविरुद्ध ब्रुनो फर्नान्डेजले निर्णायक गोल गरे । उनले ४३ औँ मिनेटमा गोल गरेका हुन् ।

पोर्चुगल ५ खेलमा शतप्रतिशत जितका साथ समूह ‘जे’ को शीर्षस्थानमा रहेको छ । ६० राष्ट्र सहभागी छनोटबाट २३ राष्ट्र युरोकप २०२४ का लागि छनोट हुनेछन् । जर्मनी भने आयोजक राष्ट्रको हैसियतमा युरोकपका लागि छनोट भइसकेको छ ।

IME Life
kumari