stcnepal long ad
global ime bank long

कोरोना संक्रमणबाट हामी ९८ % सुरक्षित छौं 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २३, २०७६ आइतबार

डा. रवीन्द्र पाण्डे–

जनस्वास्थ्य विज्ञ 

१) चीनले हिंजो सय जना भन्दा बढी व्यक्तिहरुमा कोरोना संक्रमण बिरुद्धको खोप लगाएको छ ।

उनीहरुको परिणाम हेरेर तुरुन्तै अरबौंको संख्यामा खोप वितरण गर्ने जनाएको छ ।

२) अमेरिका पनि यो खोप परीक्षणको अन्तिम चरणमा पुगेको छ ।

३) सिंगापुर, इजरायल, नेदरल्याण्ड, क्यानाडा, जापान लगायतका देशहरुले खोपको सफलता पाउदै छन् ।

४ ) कोरोना संक्रमण निको गर्ने एन्टी भाइरल औषधि बिभिन्न देशका प्रयोगशालामा परीक्षण भइरहेका छन् ।

५) यस बाहेक जापानी इन्फ्लुएन्जा, सार्स, मर्स, स्वाइन फ्लु आदिको महामारीमा सफल सिद्ध भएका औषधिहरुले कोरोना संक्रमणमा उत्साहप्रद रुपमा काम गरिरहेका छन् । यी औषधिबाट लाखौँ व्यक्तिले जीवन पाइरहेका छन् ।

६) मलेरिया, बाथ, नाम्ले किरामा प्रयोग हुने औषधिको युरोप, अमेरिका, इरान आदि देशमा ब्यापक प्रयोग गरिएको छ ।  यी औषधिको सफलता सोंचेभन्दा राम्रो आएको छ ।

७) सेकेण्डरी इन्फेक्सन रोक्नको लागि ब्रोड स्पेक्ट्रम एन्टिबायोटिकले प्रभाबकारी काम गरिरहेका छन् ।

८ ) बेलायती राजकुमार चार्ल्स ७१ बर्षलाई कोरोना संक्रमण भएपछि आयुर्वेदिक रिसोर्टमा उपचार गरेपछि निको भइसकेको छ । यसको अर्थ उमेर बढी हुँदैमा निको नहुने होइन ।  साथै आयुर्बेद, होमियोप्याथी उपचार पनि कोरोना संक्रमणमा निकै उपयोगी छ ।

९ ) बीबीसीका अनुसार भारतको केरलामा कोरोना संक्रमण भएका ९३ बर्षिय पुरुष र उनको ८८ बर्षकी श्रीमती, जसले दीर्घ रोगको औषधि खाइरहेका थिए, निको भएर घर फर्किएका छन् ।

१० ) भारतले कोरोना संक्रमण २ घन्टामा पत्ता लगाउने किटको आविष्कार गरेर ब्यापक जांच गर्दैछ | त्यो किट सस्तो एबम भरपर्दो मानिएको छ ।  यो किट पुनाको माइल्याबमा उत्पादन गरेर बजारमा उपलब्ध गराएको हो ।

११) नेपालमा बिभिन्न अस्पतालमा आइसीयु, भेन्टिलेटर, आइसोलेसन वार्ड तथा परिक्षणको दायरा निरन्तर वृद्धि भइरहेको छ । साथै जनचेतना, इम्युनिटी पावर, घरमै बस्ने परिपाटी आदिले गर्दा अत्यन्तै न्यून संख्यामा संक्रमण पुष्टि भएको छ | कारणबश रोग फैलिएमा चीन, भारत लगायतका देशहरु सहयोग गर्न तम्तयार भएका छन् ।

१२) कोरोना संक्रमणबाट बालबालिका तथा युवा बर्ग सुरक्षित भएको हुँदा बच्चाको लागि आमाबुवाहरुले डर मान्नुपर्दैन ।

१३) हामी नेपालीले बिसिजीको खोप लगाएका छौं , समय–समयमा जुकाको औषधि, हात्तीपाइले रोगको औषधि खाएका छौं । तसर्थ जोखिम न्यून छ ।

१४ ) नेपालमा १००० जना व्यक्ति संक्रमित भएपनि मृतकको संख्या २० जना मात्र हुनेछ । त्यो मृत्यु पनि अन्य बिभिन्न रोगको कारण मृत्यु उन्मुख व्यक्तिको मात्र हुनेछ।  स्वस्थ वा औषधि खाएर स्वस्थ व्यक्तिले डर मान्नुपर्दैन ।

१५) नेपाल बाहिर रहनुभएका नेपालीले झन् डर मान्नुपर्दैन ।  बिकसित देशमा उपचारको गुणस्तर निकै उच्च छ । मृत्यु दर अत्यन्तै न्यून छ ।

१६ ) आजसम्म भएका अनुसन्धानले देखाएको छ, कोरोना संक्रमण ३ हप्तापछि द्रुत गतिमा ओर्लिने छ ।

१७) इटली लगायतका देशको जुन भयाबह देखाइएको छ, त्यहाँ त्यो स्तरको भयाबह छैन | जसरी नेपालमा भूकम्प आउँदा विदेशतिर नेपाल सकियो भन्ने खालको हल्ला चलेको थियो, अहिलेको हल्ला पनि त्यस्तै प्रकृतिको हो | मृत्यु धेरैको भएको छ तर कस्तो जनसंख्याको मृत्यु भएको छ भन्ने बुझ्नु जरुरी छ ।

१८) त्यसैले हल्लाको पछि लागेर आत्तिने नगरौं | आत्तिएर निको हुने होइन ।  सतर्कताले रोकथाम गर्छ, तसर्थ सतर्क बनौं,  अप्ठ्यारो स्थितिमा संयम, धैर्य, शान्त, आशाबादी तथा सजग बन्नु नै सबैभन्दा ठूलो उपचार हो ।

IME Lifesidebar
kumari