citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

ओली सरकारको पालामा भ्रष्टाचारका कल्पित कहानी:

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

१. सन् २०१७ मा वाइडबडी खरिद गर्ने ठेक्का दिएको सरकार गएर अर्को सरकार आइसकेपछि अर्डर गरेको बिमान १५ महिनापछि जव बिमानस्थलमा ओर्लियो अनि वाइबडी जहाजमा ओली सरकारले भ्रष्टाचार गर्यो भनेर हल्ला पिटियो ।

खरिद गर्ने बेलाको सरकारले पछि बन्ने सरकारलाइ कमिशन दिनु भनेर सम्झौता गरे ?

२. सुनकाण्ड : ओली सरकारले सदियौ देखि टनका टन सुन ओसार्ने तस्करका गिरोहको छानबिन गरेर सिंगो तस्करको र्याकेट ध्वस्त बनाएर सम्लग्न ६ दर्जन (प्रहरी उच्च अधिकृत समेत) लाइ थुनामा राखेर मुद्दा चलायो अनि “३३ किलो सुन काण्ड” भन्दै अपराधीलाइ जेल हाल्ने सरकार बिरुद्ध ट्रोल शुरु गरियो नियोजीत रुपमा ।

३. वालुवाटार जग्गा :  ४८ साल देखि बालुवाटारको सरकारी जग्गा पटक पटक गरि भुमाफियाको मिलोमतोमा निजीमा पुर्याइयो । पछिल्लो सरकारले चाल पाएर देशै भरिका लुटिएका जग्गा छानबिन गरेर तथ्यहरु सार्वजनिक गरेपछी मुद्दा चलाएको छ;

जग्गा खोजी गर्ने उही सरकारले बालुवाटारको जग्गा खायो भन्दै ट्रोल चलाइयो “  ब्यापारीहरुलाइ लिजमा दिए, ७६ सालको सरकार जग्गाको खोजबिनमा लागेपछी गुठीको जग्गा अहिले ब्यापारीलाइ सस्तोमा दिइयो भनेर हंगामा मच्चाइयो ।

४ . एमसिसी :  २०११ देखि प्रकृया थालेर, अनेक प्रयास गरेर २०१७ मा एमसिसि सहयोग लिने सम्झौता भयो । सम्झौता हुँदा साराले तात्कालिन नेपाल सरकार र ट्रम्पको प्रशंसा गरे; २०१९ को अन्तिम तिर सम्झौता कार्यान्वयन गर्ने समय आएपछी २०१८ मा अमेरिकाले उच्चारण गरेको इन्डोप्यासीफिक सैन्य गठबन्धनमा नेपाललाइ जाक्ने काम गर्यो वर्तमान सरकारले भनेर बिबाद खडा गर्न खोजियो ।

५ . कोरोना काण्ड : संसारभरी उपचार सामग्रीको अभाव भएको बेला उपचार सामाग्री नदिएर डाक्टरहरुले उपचार गर्न पाएनन भनेर आवाज उठाइयो, जेनतेन, जति परेपनि, जति पाइन्छ त्यति भएपनि सामान तत्काल ल्याउन ठेक्का दिएर जव सामान बिमानस्थलमा ओर्लियो अनि ठेक्का नपाएका दलालहरुले मिडिया उचालेर भ्रष्टाचारको ट्रोल खडा गरे ।

६ . एनसेल कान्ड : बिगत ७ बर्षदेखि एनसेलले बिक्री कर तिरेन । कुनै सरकारले तिराउने पहल पनि गरेनन । जव यो सरकारले कर तिराउन अदालतमा मुद्दा दर्ता गरेर अन्तत २२ अर्ब बिक्रि कर तिरायो अनि यही सरकारले एनसेलमा भ्रष्टाचार गर्यो भनेर हल्ला पिटियो । एनसेलले २२ अर्ब मध्य दुई किस्ता लगभग ९ अर्ब तिरिसक्यो । एनसेलले ७ बर्ष देखि अटेर गरेर नतिरेको कर यही सरकारले २२ अर्ब असुली गर्दा अपराधी करार गर्न खोजियो ।

यी सबै पृष्ठभुमि किन आवश्यक भयो भने बिगतका सरकारका गल्ति कमजोरी, नालायकीपन, कमिसनखोरी, भ्रष्टाचार, तस्करी बिरुद्ध जबजब सरकार प्रहार गर्छ तवतव हिजोका खाइपाइ आएका किर्नाहरु सलबलाउँ छन र नियोजित रुपमा सरकार बिरुद्ध युद्धको घोषणा गर्छन ।

तथ्य, सन्दर्भ, घटनाक्रम र सत्यको बिष्लेषण र खोजी नगर्नेहरु आँखा चिम्लेर कुदेका छन । यो नियोजित खेलका बिरुद्ध गम्भीर प्रहार जरुरी छ। भित्र बाहिर स्वदेशि विदेशि प्रहार भईरहयो सरकार असफल वनाउन तर हामी माैन वसिरहयाै रोग कुनै पनि सानो हुदैन कमरेडहरु त्यहि रोगले अहिले विकराल समस्या लियो विपक्षका सहारा वनियो हामी सत्य केलाउन सकियन जस्को परिणाम आज हर कोड बाट प्रहार भएको छ र उनी हरुको सन्जाल नै छ लेख्ने पात्र एक हुन्छ कपि सेयर पोष्ट गरेर मिनेटमा करोडाै पुग्छन हामी सदैव माैन छाै गलतको प्रतिवाद र सत्यको सहयोग गर्न सकियन हामी सक्दैनाै पनि ।

gold
himalayan life insurance long ad
kumari bank