प्राइम कमर्सियल बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ३ करोड १ लाख सहयोग
काठमाडौं । प्राइम कमर्सियल बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा ३ करोड १ लाख रुपियाँ आर्थिक सहयोग तथा रु.७ लाख बराबरको बिभिन्न खाद्यान्न सामाग्रीहरु सहयोग प्रदान गरेको छ ।
बैंकका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठबाट उक्त सहयोग रकम अर्थमन्त्रीस्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।
भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरुको उद्धार,राहत तथा पुनस्र्थापनामा सहयोग पुर्याउने उद्देश्यले बैंकले उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको हो ।
प्राइम कमर्सियल बैंकले देशमा आएका प्रकृतिक विपद्का समयमा सरकार तथा प्रभावित समुदायहरुलाई आवश्यक सहयोग गर्दे आएको छ । यसअघि पनि बैंकले विभिन्न प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकहरुको राहत,उद्धार तथा पुनर्स्थापनाका लागि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोगहरु प्रदान गर्दै आएको छ ।
प्राकृतिक विपद्का कारण प्रभावित नागरिक तथा समुदायहरुको राहत र पुनर्स्थापनाका लागि नेपाल सरकार तथा सम्वन्धित निकायसँग सहकार्य गर्दै आगामी दिनमा पनि आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता समेत बैंकले व्यक्त गरेको छ ।






















