stcnepal long ad
ime life insurance
global ime bank long

एनआईसी एशियामा मोबाइल बैंकिङ कारोबार गर्दा रु. ५०० सम्म रकम फिर्ता

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आर्थिक सञ्जाल चैत्र २२, २०७६ शनिबार

काठमाडौँ । एनआईसी एशिया बैंकले अनलाईन खाता खोलि पहिलो मोबाइल बैंकिङ्ग कारोबार गर्दा रु. ५०० सम्म रकम फिर्ता दिने भएको छ ।

बैंकको आधिकारिक वेवसाइटमा गई ग्राहकहरुले १० मिनेट भित्रै सजिलै निःशुल्क अनलाईन खाता खोल्न सक्ने छन् । खाता खोलिसकेपछि पाउनु भएको खाता नम्बरको आधारमा ग्राहकहरुले बैंकमा रहेको रकम स्थानान्तरण तथा अन्तर बैंक रकम स्थानान्तरण लगायतका विभिन्न कारोबार गर्न सक्ने छन् ।

अनलाईन खोलिएको खातामा बैंकले २१ लाख रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध गराएको छ, जसले गर्दा ग्राहक महानुभावहरुलाई वार्षिक रु. १४००० फाइदा हुनेछ ।

अनलाईन खाताकै आधारमा घरबाटै मोबाईल बैंकिङ्ग सुचारु गरी खाताको रकम मौज्दात जाँच गर्न समेत सकिने सुविधा रहेको छ । मोबाइल बैंकिङ्ग एक्टिभेट गरी मोबाइल बैंकिङ्ग मार्फत पहिलो कारोबार गर्ने जुनसुकै ग्राहकले रु. ५०० सम्म रकम फिर्ता पाउने बैंकले जनाएको छ ।

यस बाहेक देशभरका २५०० भन्दा धेरै पसल, रेष्टोरेण्ट, शपिङ मल, अस्पताल तथा होटलहरुमा मोबाइल बैंकिङ्ग तथा डेबिट वा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा ३० प्रतिशतसम्मको छुट सुविधा उपलब्ध छ ।

यसको अतिरिक्त ग्राहक महानुभावहरुले मोबाइल बैंकिङ्ग तथा कार्डबाट भुक्तानी गर्दा मासिक रु. ४००० सम्मको रकम फिर्ता पाउने बैंकले प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

यसका सथौ विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सिर्जित यस कठिन अवस्थामा आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै बैंकले मोबाइल बैंकिङ्ग तथा ईन्टरनेट बैंकिङ्ग लगायत विद्युतीय बैंकिङ्ग माध्यमबाट अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू निःशुल्क गरिसकेको छ ।

उक्त सेवाहरुका साथै ग्राहकहरूले घरमै बसी अनलाईन खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ । ग्राहक महानुभावहरूले कुनै सेवा लिए वापत तथा सामान खरिद गर्दा क्यूआर सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न सक्ने छन् ।

साथै, बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी गर्न सकिने कार्ड स्वाइप तथा ई–कमर्श भुक्तानी पनि निःशुल्क उपलब्ध छन् । नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्ड वाहकले एनआईसी एशिया बैंकको एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्ड वाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।

prabhu mahalaxmi
kumari