आइएमई डबलको डबलको डबल अफरका भाग्यशाली विजेता घोषणा
काठमाडौं । आइएमईले २०७८ का ठूल्ठला चाडपर्वलाई लक्षित गरि ल्याएको आइएमई डबलको डबलको डबल अफरका अन्तिम भाग्यशाली विजेता सार्वजनिक गरेको छ ।
प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार आइएमई सेवाग्राही दोलखाका जियेश दाहाल भाग्यशाली विजेता छनोट भएका हुन् । उनले १२ लाख १२ हजार ४६४ रुपैयाँ जितेका छन् ।
आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रवन्ध निर्देशक हेमराज ढकाल र ब्राण्ड एम्बासडरद्धय दीपकराज गिरि र दीपाश्री निरौलाले संयुक्त रूपमा प्रविधिमा आधारिक स्टार्ट बटम क्लिक गरि भाग्यशाली विजेता छनोट गरेका हुन् ।
अन्य विजेताहरुमा मुनाल क्षेत्री र लोकमाया क्षेत्री रहेका छन् । मुनाल क्षेत्रीले ८६ हजार र लोकमाया क्षेत्रीले ४३ हजार पाएकी छिन् ।























