stcnepal long ad
global ime bank long

हरित विद्यालय अभियान सुरु: विरुवा रोपेर प्रमुख शाहबाट थालनी

जैविक विविधता जोगाउन, वातावरण बचाउन अभियान सुरु गरिएको

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले हरित विद्यालय अभियान सुरु गरेको छ । महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले, वडा २५ मा रहेको कन्या माध्यमिक विद्यालयमा विरुवा रोपेर अभियान थालनी गर्नुभएको हो ।

वन्यजन्तु संरक्षण संघ नेपालसँगको साझेदारीमा यस विद्यालयमा इको–क्लब गठन तथा घोषणा भएको छ ।

नेपाल सरकारको हरित विद्यालय कार्यक्रमलाई प्रवर्धन गर्न महानगरपालिका भित्रका सबै विद्यालयमा वृक्षारोपण गर्ने योजना छ । यहाँ ९० वटा सामुदायिक र ५०४ वटा संस्थागत विद्यालय छन् ।

‘काठमाडौँ महानगरभित्रको शैक्षिक प्रणालीलाई हामीले २१ औँ शताब्दीको अवस्था परिकल्पना गरेका छौँ ।’ महानगरका शिक्षा सल्लाहकार रेशु अर्याल भन्नुहुन्छ, ‘हरित विद्यालय कार्यक्रम, सिकाइमा सिप तथा बुक फ्रि फ्राइडे कार्यक्रम कार्यान्वयनमा ल्याइसकेका छौँ । यसको दिगोपनाका लागि साझेदारहरुसँग सहकार्य गर्छौँ ।’

कार्यक्रमको पहिलो चरणमा कन्या मन्दिर माध्यमिक विद्यालय, भानु माध्यमिक विद्यालय, महेन्द्र भवन माध्यमिक विद्यालय, शान्ति निकुञ्ज माध्यमिक विद्यालय, नेपाल युवक माध्यमिक विद्यालय र पदमोदय माध्यमिक विद्यालयलाई हरित विद्यालय कार्यक्रमको नमूना विद्यालयका रुपमा विकास गर्न खोजिएको सहरी योजना आयोगका सहायक विज्ञ शैलेन्द्र झा बताउनुहुन्छ ।

वन्यजन्तु संरक्षण संघ नेपालका निर्देशक सञ्जीवनी योञ्जनका अनुसार बालबालिकालाई वातावरणसँग सम्बन्धित वर्तमान र भविष्यका समस्यासँग जुध्न क्षमता विकास गर्नु क्लव गठनको मुख्य उद्देश्य हो । ‘यस्ता समस्याको सामना गर्न विद्यार्थी, विद्यालय र शिक्षा प्रणालीलाई तयार पार्नुपर्छ ।’ योञ्जनको भनाइ छ ।

 

IME Lifesidebar
kumari