stcnepal long ad
global ime bank long

माटो भॉडाकुँडा बनाउने प्रशिक्षण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौ। काठमाडौं महानगरपालिकाको बजेट आर्थिक सहयोग र नेपाल हस्तकला महासंघको आयोजनामा काठमाडौ महानगरपालिका वडा नं ५ को हाडीगाँउमा लोप हुँदै गएको माटोको भाडा बनाउने १५ दिने तालिम कार्यक्रमको हिजो जेठ १२ गते शुभारम्भ भएको महासंघका उपाध्यक्ष दिल्लीरत्न तुलाधरले बताएका छन ।

माटोबाट पैसा कमाइन्छ भन्ने ज्वलन्त उदाहरण यो माटोको भाडा निर्माणबाट देखिन्छ । विगतमा काठमाडौं उपत्यकामा माटोका गाग्री, हाडी, गमला, खुत्रुके,सजावटका समाग्री उत्पादन गरि बिक्री वितरण गरिन्थ्यो। यो पेशामा प्रजापति समुदाय लाग्दै आएका थिए। तर आधुनिकतासँगै माटोका सामाग्री प्रयोग गर्ने प्रचलन हराउदै गएको छ।

लोपन्मुख माटोका बस्तु उत्पादन गर्ने यस्तो तालिम कार्यक्रमबाट दक्ष जनशक्ति उत्पादन हुन्छ र आर्थिक रूपले आत्मनिर्भर पक्कै पनि हुन्छ । यस्तो तालिमले नयाँ प्रशिक्षण उत्पादन हुनुका साथै भबिष्यमा सबै विद्यालयहरुमा लागु गरेर सीपमूलक जनशक्ति उत्पादन गर्न सकिन्छ।

अहिले बिदेशमा माटोको भाँडाकुडाको अति माग छ तर उत्पादन जादै न्यून रहेकाले माग अनुसार सामान उत्पादन गरि निर्यात गर्न सकिएको पाइदैन।

यस्तो तालिमले भबिष्यमा नेपालको ब्यापार घाटा घट्छ भन्ने मेरो आशा गर्न सकिन्छ। काठमाडौ महानगरपालिकाका संम्पदा तथा पर्यटन बिभागको विशेष सहयोगमा यो तालिम कार्यक्रम सञ्चालन भएको महासंघका उपाध्यक्ष तुलाधरले जानकारी गराएका छन।

IME Lifesidebar
kumari