stcnepal long ad
himalayan Everest Insurance long ad
Himalayan bank

काठमाडौं महानगरभित्र विज्ञापनजन्य सामग्री बाड्ने ६१ जनालाई कारबाही

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही गरेको छ ।

शुक्रबार काठमाडौं महानगरपालिकाका विभिन्न क्षेत्रमा क्याम्पसका विज्ञापनजन्य सामग्रीहरु बाड्दै हिंड्ने ६१ जनालाई कारबाही गरिएको हो ।

पटक–पटक विज्ञापनजन्य सामग्री क्याम्पस आसपासमा बाड्दै नहिंड्न सूचना गरेपनि अटेर गरेपछि काबराही थालेको काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले बताउनुभयो ।

उहाँले महानगर क्षेत्रभित्र पर्चा र पोस्टर लगायतका विज्ञापनजन्य सामग्री नबाड्न(नराख्न सूचना जारी गरेपनि नटेरेपछि कारबाही प्रक्रिया अघि बढाएको बताउनुभयो ।

उहाँले शुक्रबार ६१ जनालाई कारबाही  गरेको र आगामी दिनमा  पुनः यस्त गल्ती भइरहे कारबाही झनै बढाउँदै जाने बताउनुभयो ।

महानगरपालिकाले पहिलो पटक कारबाही गर्न लागिएको जसमा संलग्न संस्थाहरुलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको प्रमुख पाण्डेले बताउनुभयो ।

 

himalayan life insurance
igi long