citizens life insurance long ad
stcnepal long ad

UNSMIL Mission, Libya मा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि खट्टिने क्रममा, २०८० बैशाख २८ गते United Nations Support Mission In Libya (UNSMIL) मा तैनाथ श्री स्पेशल गार्ड युनिट (शान्ति सेना) चौथो डफ्फालाई बदली गर्नको लागि श्री स्पेशल गार्ड युनिट (शान्ति सेना) पाँचौं डफ्फाका ११५ जना शान्ति सैनिकहरुको पहिलो टोली प्रमुख सेनानी भाईकाजी थापाको नेतृत्वमा नेपाल एयरलाइन्सको विमानमार्फत मिशन ईलाकातर्फ प्रस्थान गरेका छन् ।

यस्तै, उक्त मिशनमा तैनाथ श्री स्पेशल गार्ड युनिट (शान्ति सेना) चौथो डफ्फाका ११३ जना शान्ति सैनिकहरु सेनानी गेलङ लामाको नेतृत्वमा आज २०८० बैशाख २९ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ विश्वका विभिन्न मुलुकहरुमा हाल ६०५९ जना नेपाली शान्ति सैनिकहरु कार्यरत रहेका छन् भने संयुक्त राष्ट्र संघिय मिशनमा सैन्य योगदान पुर्‍याउने मुलुकहरु मध्ये हाल नेपाल दोस्रो स्थानमा रहेको छ ।

IME Life
kumari