stcnepal long ad
ime life insurance
national life
global ime bank long

काठमाडौं महानगरले शिक्षण अस्पताललाई रू १ करोड ७० लाखको विद्युतीय उपकरण उपलब्ध

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । महानगरपालिका कार्यालयले त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पताललाई १ करोड ७० लाख रूपैयाँ मूल्य बराबरको विभिन्न विद्युतीय उपकरण र कम्प्युटर उपलब्ध गराएको छ।

कार्यवाहक मेयर सुनिता डंगोलका अनुसार, बिरामीले टिकट काट्न लाम लाग्नु नपर्ने गरी र प्रयोगशालाको रिपोर्ट अाफैंले झिक्न मिल्ने प्रविधि सहितको उपकरण हस्तान्तरण गरिएको हो।

महानगरका लागि अनुसार, सेवाशुल्कहरू विद्युतीय उपकरणमा भुक्तानी गर्न सकिने, प्रयोगशालाको प्रतिवेदन बिरामी आफैँले मुद्रण गर्न सक्ने, उपचारका लागि घरबाटै पैसा भुक्तानी गर्न सकिने सुविधा भएका १६ वटा इन्टर्‍याक्टिभ किओक्स मेसिन उपलब्ध गराइएको छ।

यसबाहेक प्रयोगशाला जाँच नतिजा तथा परीक्षण लगायत उपचारसँग सम्बन्धित सबै विवरण एकै ठाउँमा हेर्न सकिने ६५ वटा डेस्कटप कम्प्युटर समेत उपलब्ध गराइएका छन् ।

साथै सूचना प्रविधिमार्फत् प्रदान गरिने सेवाको निर्वाध प्रवाहका लागि सर्भर र र्‍यामको क्षमता वृद्धि गरिएको छ ।

उपकरण हस्तान्तरण गर्दै कार्यवाहक प्रमुख डंगोलले, सरकारी अस्पतालहरुमा उपचार गराउन घण्टौँसम्म लाइन बसिरहनु पर्ने, पैसा तिर्न लामो लाइनमा बसेर समय खर्च गर्नु पर्ने अवस्था अन्त्य हुने विश्वास व्यक्त गरिन् ।

IME Lifesidebar
kumari