stcnepal long ad
ime life insurance
national life
global ime bank long

सशस्त्र प्रहरी बल नेपालका सात जना डिआईजीको सरुवा, सातको पदस्थापन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । सशस्त्र प्रहरी बल (एपीएफ) नेपालले सात जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी)को सरुवा तथा सात जनाको पदस्थापन गरेको छ ।

गृह मन्त्रालयको बिहीवार(आज)को निर्णय अनुशार सप्रनामनिहरुको सरुवा र पदस्थापन गरिएको हो । सरुवासँगै विभिन्न विभाग, बाहिनी मुख्यालय, मानवस्रोत व्यवस्थापन, सीमा सुरक्षा, कार्य विभाग तथा एपीएफ इन्टेलिजेन्स ब्युरोमा जिम्मेवारी हेरफेर गरिएको छ ।

सरुवा हुने डिआईजीमध्ये सुरेश कुमार श्रेष्ठलाई नम्बर १ पशुपतिनाथ बाहिनी मुख्यालय, काठमाडौंबाट प्रधान कार्यालयको सीमा सुरक्षा विभागमा ल्याइएको छ । दीपेन्द्र शाहलाई नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय, कास्कीबाट एपीएफ इन्टेलिजेन्स ब्युरोमा सरुवा गरिएको छ ।

त्यसैगरी दीपक अधिकारीलाई सीमा सुरक्षा विभागबाट नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय, रुपन्देही पठाइएको छ भने कृष्ण ढकाललाई नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीबाट प्रधान कार्यालयको कार्य विभागमा सरुवा गरिएको छ ।

डिआईजी दीपेन्द्र कुँवरलाई नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालयबाट मानवस्रोत विभागमा ल्याइएको छ । विष्णु प्रसाद भट्टलाई प्रधान कार्यालयस्थित सशस्त्र प्रहरी महानिरीक्षकको कार्यालयबाट नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरी पठाइएको छ भने कृष्णराज पाठकलाई मानवस्रोत विभागबाट नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय, सुर्खेत सरुवा गरिएको छ ।

यस्तै पदस्थापनतर्फ डिआईजी दिग्विजय सुवेदीलाई नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय, कैलालीमै पदस्थापन गरिएको छ । किरण बस्नेतलाई प्रधान कार्यालयस्थित महानिरीक्षकको कार्यालयबाट नम्बर ३ गढीमाई बाहिनी मुख्यालय, मकवानपुरमा पदस्थापन गरिएको छ ।

माधव प्रसाद पौडेललाई प्रधान कार्यालय भण्डार महाशाखाबाट नम्बर १ पशुपतिनाथ बाहिनी मुख्यालय, काठमाडौंमा पठाइएको छ भने प्रविण कँडेललाई कार्य विभागबाट नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय, कास्कीमा पदस्थापन गरिएको छ ।

राजेश उप्रेतीलाई कार्य विभागबाट एपीएफ कमाण्ड तथा स्टाफ कलेज, काठमाडौँमा पदस्थापन गरिएको छ । नेत्रबहादुर कार्कीलाई नम्बर १ पशुपतिनाथ बाहिनी मुख्यालयबाट सशस्त्र प्रहरी महानिरीक्षकको कार्यालयमा ल्याइएको छ भने राजेन्द्र खड्कालाई एपीएफ इन्टेलिजेन्स ब्युरोबाट मानवस्रोत विभागमा पदस्थापन गरिएको छ । सशस्त्र प्रहरी नियमावली, २०७२ को व्यवस्था अनुसार सरुवा तथा पदस्थापन गरिएको जनाइएको छ ।

IME Lifesidebar
kumari