macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

काठमाडौँ महानगरको नगरसभा स्थगित, समय अभाव कि आन्तरिक टसल ?

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभा स्थगित भएको छ । कार्यपालिका बैठकको निर्णय अनुसार बुधवारका लागि तय भएको नगरसभा स्थगित भएको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । अन्तिम समयमा आएर आजको नगरसभा स्थगन भएको हो ।

प्रवक्ता मानन्धरका अनुसार नगरसभा हुनु ४८ घण्टा अगाडि टुङ्गाउने पर्ने बजेटको विषय नटुङ्गिएका कारण नगरसभा स्थगित गर्नु परेको हो । उनले भने, ‘बजेट, नीति तथा कार्यक्रम र ऐनहरू टुङ्गाएर ४८ घण्टा अगाडि सभासदहरुलाई उपलब्ध गराउनु पर्ने रहेछ । त्यतातिर ध्यान पुगेन छ । यो नटुङ्गिएका कारण नगरसभा स्थगित गर्नु पर्‍यो । आज हामीले यसलाई टुङ्गो लगाएका छौँ ।’

अर्कोतर्फ सभागृहमा नगरसभा गर्नका लागि अन्य केही प्राविधिक कठिनाइ देखिएको महानगरले जनायो । शुक्रवार र शनिवार सार्वजनिक बिदा परेकोले आइतबार नगरसभा गर्ने सम्भावना रहेको मानन्धरले जानकारी दिए । आइतबार सभागृह प्याक भएकाले अर्को स्थानमा नगरसभा गर्नुपर्ने स्थिति आएको उनले बताए । ठाउँ तय नभएका कारण नयाँ मिति पनि नतोकिएको उनले बताए ।

प्रवक्ता मानन्धरले तयारी नपुगेर नगरसभा स्थगित भएको जानकारी दिए पनि नगरसभा स्थगित हुनुको भित्रिपाटो अर्कै छ । अनियमितता गरेको भन्दै मेयर बालेन्द्र शाहले तीन कर्मचारी निलम्बन गरेर छानबिन समिति बनाएपछि काँग्रेस निकटका जनप्रतिनिधि रुष्ट छन् ।

काँग्रेसका जनप्रतिनिधिले बैठक बहिस्कार गर्ने रणनीति बनाएको हल्ला चलेको छ । तर, प्रवक्ता मानन्धरले बाहिर आएका हल्लामा कुनै सत्यता नभएको प्रतिक्रिया दिए ।

कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै केही समय अघि मेयर शाहले सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारीलाई निलम्बन गरेका थिए ।

यसै गरी प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई पनि कार्यालय प्रवेशमा रोक लगाइएको छ ।

निलम्बनमा परेका कर्मचारीका बारेमा महानगरको योजना आयोगका उपाध्यक्ष सुमनराज भण्डारीको अध्यक्षतामा बनेको समितिले छानबिन गर्न गरिरहेको छ ।

स्रोतका अनुसार बाहिर अन्य कारण बताइए पनि पछिल्लो समय महानगरमा मेयर, कर्मचारी र जनप्रतिनिधि बिच देखिएको टसलले नगरसभा प्रभावित भएको हो ।

himalayan life insurance
igi long
NTA long ad