कुमारी बैंकको साधारण सभा माघ २८ गते
काठमाडौं । कुमारी बैंकले माघ २८ गते साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको मंगलबार .पुस २४ गते) बसेको बैंठकले सो दिन साधारण सभा गर्ने निर्णय गरेको हो ।
बैंकले यो वर्ष लाभांश प्रस्ताव नगरी साधारण सभा बोलाएको हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा भने १२.५०% नगद लाभांश वितरण गरेको थियो ।
साधारण सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतमा पनि छलफल हुनेछ । साधारण सभा प्रयोजनार्थ बैंकले माघ ९ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, माघ ८ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।