stcnepal long ad

माघ १ गतेदेखि धनगढीमा सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने

Nimb long ad
Prabhu Insurance Long Ad

धनगढी । सुदूरपश्चिम प्रदेशको प्रादेशिक राजधानी रहेको कैलालीको धनगढीमा माघ १ गतेदेखि सुर्तीजन्य पदार्थ बिक्रीवितरण गर्न नपाइने भएको छ । मंगलबार धनगढी उपमहानगरपालिकाले एक सुचना जारी  गरेर  माघ १ गतेदेखि  नगर क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा रोक जनाएको हो ।

धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले सुचना जारी गर्दैै माघ १ गतेदेखि नगर क्षेत्रमा सुर्ती तथा मदिराजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाइने उल्लेख गरेका छन् ।

धनगढी उपमहानगरपालिकाले उपमहानगरको स्वास्थ्य सेवा ऐन, २०७७ को दफा ३० (१) ‘सुर्ती तथा मदिराजन्य पदार्थ विकी वितरणको लागि उपमहानगरपालिकाबाट छट्टै अनुमति लिनु पर्ने’ र सोही ऐनको दफा ३० (२) ‘खाद्य पदार्थ विकी गर्ने पसलमा सुर्ती तथा मदिराजन्य पदार्थ विकी वितरण गर्न बन्देज लगाईनेछ’ भनि उल्लेख गरिएको जारी सुचनामा भनिएको छ ।

उक्त सूचनामा माघ १ गतेदेखि चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्का, सुर्ती वा यस्तै प्रकारका अन्य सुर्तीजन्य पदार्थ विकी वितरण नगर्न नगराउन भनि उल्लेख गरिएको छ ।

‘२०८० साल माघ १ गते देखि चुरोट, बिँडी, सिगार, तमाखु, तु, सुल्फा, सुल्फा, कक्कड, कक्कड, क कच्चा सुर्ती, खैनी, गुट्का, सुर्ती वा यस्तै प्रकारका अन्य सुर्तीजन्य पदार्थ विकी वितरण नगर्न नगराउन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ,’ जारी सूचनामा भनिएको छ, ‘विक्री वितरण गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने छ ।’ यो उपमहानगरपालिकाले यसअघि प्लास्टिक विक्रीवितरणमा रोक लगाइसकेको छ ।आजको राजधानी दैनिकमा समाचार छ ।