macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

सूर्यदर्शन सहकारी ठगी अभियोगमा महेन्द्र भोटे हिरासतमा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

पोखरा । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा करोडौं ठगी अभियोगमा फरारमध्येका एक प्रतिवादी शिवबहादुर गुरुङ (महेन्द्र भोटे) मंगलबार अदालत उपस्थित भएका छन् । उनीसहित सहकारी सञ्चालक समिति सदस्य भविश्वर अर्याल पनि कास्की जिल्ला अदालतमा हाजिर भए ।

महेन्द्र भोटे उनै प्रतिवादी हुन्, जसलाई गत ५ पुसमा कास्की प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिसका लागि प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको थियो । पक्राउ पर्ने डरले स्वयं हाजिर भएका हुन् ।

गएको वर्ष स्थानीय तह निर्वाचनमा मादी गाउँपालिका अध्यक्षमा एमालेबाट चुनाव लडेका उनलाई यो मुद्दा किनारा लगाउन राजनीतिक चलखेल हुन सक्ने सम्भावना रहेको भन्दै सहकारीपीडितले अदालतमै उनीविरुद्ध नाराबाजीसमेत गरेका थिए ।

विगतमा पनि आपराधिक क्रियाकलापको जालोमा कैयौं पल्ट फसेका उनी पैसा र राजनीतिक आडमै उम्किने गरेका पात्र हुन् । सहकारी ठगी प्रकरणमा गठित विज्ञको प्रतिवेदनमा उनले साढे ८ करोड रुपैयाँ लगेको देखिन्छ ।

दुवैको थुनछेक बहस नटुंगिएपछि आदेश नपाएको र दुवैलाई हिरासत कक्षमा राखिएको जिल्ला प्रहर िकार्यालयका सूचना अधिकारी डिएसपी श्रवणकुमार बिकले बताए ।

उक्त सहकारी ठगीमा १९ जनाविरुद्ध अदालतमा मुद्दा विचाराधीन छ । जिल्ला सरकारी वकिल कार्यालयले गत १८ असोजमा १९ जनालाई प्रतिवादी बनाई १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो भराई बिगोबमोजिम जरिवाना र ८ देखि १० वर्षसम्म कैद सजाय माग दाबीसहित जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो ।

यसअघि पक्राउ परेका सहकारी कोषाध्यक्ष कुमार रम्तेल र उपाध्यक्ष कैलाशकुमार दर्लामी पुर्पक्षका लागि थुनामा छन् । त्यसबाहेक अझै १५ जना प्रतिवादी फरार सूचीमा छन् ।

सहकारी ठगीका मुख्य आरोपी संस्थापक अध्यक्ष जिबी राईसहित पूर्व अध्यक्षद्वय भूपेन्द्र राई र थानबहादुर बुढामगर, सचिव धीरजकुमार दाससहित लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङ, सदस्य हेमन्त अधिकारी, प्रमोद भट्टराई, अनुज नकर्मी, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, ललिता तामाङ, दिनेश रोका र सुरज श्रेष्ठको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सर्वसाधारणबाट रकम उठाएर सहकारीले आर्थिक हिनामिना गरेपछि १८ हजार ७ सय जना बचतकर्ताको बचत डुबेको हो ।

ठगी प्रकरणमा प्रहरीले गत ३२ साउनमा जाहेरी दिन सार्वजनिक सूचना जारी उजुरी दिन आग्रह गरेकोमा थियो । तर १ हजार ३६ जनाले मात्र उजुरी दिएका थिए ।आजको राजधानी दैनिकमा समाचार छ ।

himalayan life insurance
igi long
NTA long ad