sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

काठमाडौं महानगरका उपप्रमुख डङ्गोल अष्ट्रेलिया प्रस्थान

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोल शुक्रबार अष्ट्रेलिया प्रस्थान गर्नुभएको छ ।

उपप्रमुख डङ्गोलकी सचिवालय प्रमुख सौरभ गौतमका अनुसार अष्ट्रेलिया सरकारको वैदेशिक मामिला मन्त्रालय र नेपालस्थित अष्ट्रेलिया दूतावासबाट २०८० वैशाख १८ गते प्राप्त निमन्त्रणामा सिंगापुर एयरलायन्सको (एसक्यु ४३९) को विमानबाट त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

उहाँले अष्ट्रेलियाका विभिन्न सहरहरुमा रहेका खनिज तथा उर्जा, कृषि, पर्यटन, विश्व सम्पदा सूचीमा सूचीकृत पर्यटकीय क्षेत्रहरुको अवलोकन, परम्परागत संस्कृति, सहरी विकास, नवीकरणीय उर्जा उत्पादन तथा व्यवस्थापनका क्षेत्रको अवलोकन भ्रमण गर्ने तथा उच्च पदस्थ पदाधिकारीसँग भेटघाट गर्ने कार्यक्रम छ । उहाँ मङ्सिर १७ गते स्वदेश फर्कनुहुने कार्यतालिका छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कात्तिक २३ गतेको मन्त्रीस्तरीय निर्णयबाट सो भ्रमण स्वीकृत गरिएको उहाँको भनाइ छ ।

gold
prabhu bank
nawakantipur long