citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

ब्रोडवे इन्फोसिस प्रा.लि. सम्मानित

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । सूचना प्रविधिको क्षेत्रमा कार्यरत ब्रोडवे इन्फोसिस प्रा.लि. दक्षिण कोरियामा सम्मानित भएको छ ।

नोभेम्बर १३, १४ र १५ मा दक्षिण कोरियाको सियोलमा आयोजित कार्यक्रममा सो संस्था सम्मानित भएको हो । सो प्रा.लि. एसोसियो इडिटेक अवार्ड २०२३ बाट सम्मानित भएको हो ।

समारोहमा ब्रोडवे इन्फोसिसको तर्फबाट प्रवन्ध निर्देशक हरिकृष्ण अधिकारी र व्यवसाय विकास निर्देशक उत्तम अधिकारीले सो सम्मान ग्रहण गर्नुभयो ।

सूचना र सञ्चार प्रविधिको शिक्षा क्षेत्रमा उल्लेखनीय काम गरेको र असाधारण योगदान दिए बापत एशियन–ओसोनियन कम्प्यूटिङ्ग उद्योग संगठनद्वारा सो सम्मान प्रदान गरिएको थियो । एसोशियो, जसमा एशिया प्रशान्त क्षेत्रका २४ अर्थ व्यवस्थाका संस्था आवद्ध छन् ।

एशोसियोले सूचना र सञ्चार प्रविधिको क्षेत्रमा उत्कृष्ट क्षमता प्रदर्शन गर्दैअएका संस्थालाई विभिन्न विधामा सम्मानित गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय सम्मानले आइटी शिक्षामा उत्कृष्ठताका लागि ब्रोडवे इन्फोसिसको प्रतिवद्धतालाई मात्र सम्मान नगरेर समस्त सदस्यका अर्थव्यवस्थामा बढवा दिन महत्वपूर्ण भूमिका खेलेको तथ्यलाई पनि प्रष्ट पारेको छ ।

पुरस्कर छनौट प्रक्रियामा नेपालबाट कम्प्यूटर एसोसियसन नेपाल (क्यान) ले भूमिका खेलेको बताइएको छ ।

यो पुरस्कार केवल ब्रोडवे इन्फोसिसको समर्पण मात्र नभएर नेपालमा समस्त आइटी परिदृश्यमा परेको राम्रो प्रभावको प्रमाण रहेको बताइएको छ ।

यसका साथै वल्र्डलिंक कम्युनिकेशनसलाई पनि सोही समारोहमा डिजिटल ट्रान्सफरमेसन अवार्डले सम्मानित गरिएको छ ।

gold
himalayan life insurance long ad