stcnepal long ad
ime life insurance
national life
global ime bank long

शिक्षक संघ चितवनले ३५ जिल्लाका २७० शिक्षकलाई १० दिने आइसिटि तालिम

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ जेठ ६ गते मंगलबार 

चितवन । नेपाल शिक्षक संघ चितवन जिल्ला कार्यसमितिले शिक्षकहरुका लागि १० लिने सूचना प्रविधियुक्त सिकाइ अनलाइन तालिम सञ्चालन गरेको छ । ३५ जिल्लाका २७० शिक्षकहरुले दिनको तीन घण्टाका दरले तालिम लिएका थिए ।
सोमबार नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले १० दिने तालिमको समापन गरेका हुन् । समापन कार्यक्रममा बोल्दै प्रवक्त शर्माले कोरोना माहामारीले शिक्षकहरुको काँधमा थप जिम्मेवारी थपि दिएको बताए ।
अब विद्यार्थीलाई मात्रै पढाएर शिक्षकको जिम्मेवारी पुग्ने नदेखिएको भन्दै उनले शिक्षकले अब भयभित समाज र बाटो बिराएको राजनीतिलाई पनि सहि सन्देश दिनुपर्ने धारणा व्यक्त गरे ।
‘अभिभावकहरुलाई कोरोनाको महामारीको सही सन्देश सुनाउनुहोस्, राजनीतिक नेताहरुले सही बाटो देखाउनुहोस्’– प्रवक्ता शर्माले भने– ‘बालबालिकालाई शैक्षिक र मानसिक सिकाइ गर्नुहोस्’
उनले लामो समय शिक्षण संस्था पूर्णत बन्द गरेर राख्न नहुने बन्दै सरकाले परीक्षणको दायरा बढाएर बिस्तारै शिक्षण संस्था विभिन्न विकल्पहरुमा खुला गर्दै जानुपर्ने बताए ।
यस्तै, चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले कोरोना कहरका बीच खाली समयलाई सदुपयोग गर्दै चितवन संघले रचनात्मक काम गरेकोमा प्रशंसा गरे । गुणस्तरीय शिक्षकले मात्रै गुणस्तरीय शिक्षा दिन सक्ने भन्दै शिक्षकहरु आफैले आफ्नो क्षमता बढाउन प्रयास गर्नु अनुकरणीय भएको बताए ।
नेपाल शिक्षक संघका संस्थापक अध्यक्ष देवेन्द्र उपाध्यायले शिक्षकले नै शिक्षकको क्षमता बढाउने, सूचनाप्रविधि सिकाउने पहल थाल्नु राम्रो कुरा भएको भन्दै चितवन संघलाई धन्यवाद दिए । सरकारले गर्नुपर्ने, अझ संघीय कार्यसमितिले गर्नुपर्ने काम जिल्लाका शिक्षकहरुले गर्नु प्रशंसनीय भएको उनको धारणा थियो ।
शिक्षक संघका संघीय समितिका उपमहासचिव सुन्दर पन्तले चितवन जिल्लाले ३५ जिल्लाका शिक्षकहरुलाई १० दिने सूचना प्रविधि तालिम दिएर उल्लेखनीय काम गरेको भन्दै धन्यवाद दिए ।
समापन कार्यक्रममा बोल्दै शिक्षक संघ चितवनका अध्यक्ष डा. हरिप्रसाद कँडेलले लकडाउनमा बसिरहेका शिक्षकलाई मानसिक ताजगी सँगै थोरैभएपनि क्षमता विकास होस् भनेर तालिम आयोजना गरिएको बताए ।

प्रतिकुलतामा पनि सकारात्मकता र सिर्जनाको खोजी गर्ने प्रयास स्वरुप कार्यक्रम आयोजना गरिएको र त्यो सफलतापूर्वक सम्पन्न भएको भन्दै डा. कँडेलले सहयोगी सबैलाई धन्यवाद दिए ।
तालिममा सहभागी शिक्षकहरुले भने १० दिने तालिमले आफूहरुलाई नयाँ जीवन दिएको भन्दै आयोजकलाई धन्यवाद दिएका थिए ।
सहभागी लमजुङका शिक्षक राजिव पण्डितले पहिले आफुलाई मोवाइलमा फोन गर्न, गीत सुन्न र सामाजिक सञ्जाल चलाउन मात्रै मिल्छ भन्ने लागेपनि तालीमपछि यसबाट विद्यार्थीलाई सिकाउन, गृहकार्य दिन, शैक्षिक सामग्री निर्माण गर्न मिल्ने कुरा जानेको बताए । अब सिकेको सीप कक्षाकोठा र विद्यार्थीसम्म पुर्याउने उनले प्रतिबद्धता जनाए ।
कालिका कन्यामन्दिर मावि बागलुङकी शिक्षक हुमा रिजालले तालिमले आफुलाई नयाँ जुनी पाएको अनुभव भएको बताइन् । मोवाइलमा फोन उठाउन मात्रै जानेकी थिएँ, अब यसबाट सिकाउन र शैक्षिक सामग्री बनाउन पनि जानेँ–उनले भनिन् । स्याङ्जाकी शिक्षक सीता गैरेले तालिमबाट धेरै कुरा सिकेको बताइन् । मोवाइल र ल्यापटप भए घरमैबसेर पनि सिकाउन सकिने रहेछ भन्दे उनले सिकेको सप्को व्यवहारिक प्रयोग गर्ने बताइन् ।
निलकण्ठ मावि धादिङका प्रअ ध्रुव अधिकारीले पहिले सूचना प्रविधिमा थोरैमात्र ज्ञान भएपनि तालिमपछि फराकिलो बनेको भन्दै अब सिकाइमा यसको भरपूर प्रयोग गर्ने बताए ।
जमुनीया मावि बर्दियाका प्रअ कुमार प्रसाद सापकोटाले सूचना प्रविधिको ज्ञान पाएपछि बल्ल आफूलाई वास्तविक रुपमा शिक्षक भएको अनुभव मिलेको बताए ।
चितवनका शिक्षक विनोद अधिकारीले तालिमले मोवाइल र ल्यापटपबाटै प्रश्नपत्र, नतिजा, सिकाइ सामाग्री, विषयगत क्वीज, पावरप्यान्ट निर्माण गर्ने लगायतका धेरै काम गर्न सकिने कुरा सिकाएको बताए ।

IME Lifesidebar
kumari