stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

उपत्यकाका प्रहरी कार्यालयमा नागरिक सहजकर्ता सेवाको सुरूवात

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ९ माघ महानगरीय प्रहरी मातहतका कार्यालयहरुमा आउने सेवाग्राहीहरूको सहजीकरणको लागि बुधबारदेखि नागरिक सहजकर्ता सेवा सुरुवात गरिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले उक्त सेवा सुरुवात भएको जानकारी गराउँदै प्रहरी कार्यालयमा न्यायको लागि आउने सेवाग्राहीलाई दिने प्रहरी सेवा सहज, सरल, समान, पारदर्शी, निषक्ष र छिटो छरितो हुनुपर्ने उल्लेख गरे । नगरिकलाई परेको पिर मर्का आफूलाई नै परेको सरह सम्झी सबैलाई उच्च सम्मान र मर्यादाका साथ नागरिक सहजकर्ताले सम्बन्धित कर्मचारी र शाखा समक्ष पुर्यााउन सहयोग गर्नुपर्ने पर्ने बताए । प्रहरीले दिने सेवा सहज, सरल, मर्यादित, समान, निषक्ष र पारदर्शी बनाउने अभिप्रायले उपत्यकास्थित हरेक मुद्धा चल्ने प्रहरी कार्यालयहरूमा कार्यालय समयमा नागरिक सहजकर्ताको व्याच लगाई कार्यालयको गेटमा नागरिकहरूलाई सेवादिने उद्देश्यले उक्त सेवा सुरुवात गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।
नागरिक सहजकर्ताको सेवा बुधबारबाटै पहिलो चरणमा ३ वटै महानगरीय प्रहरी परिसरहरू, महानगरीय ट्राफिक प्रहरी महाशाखा,महानगरीय अपराध महाशाखा,ललितपुर र भक्तपुर ट्राफिक परिसरहरु,महानगरीय प्रहरी परिसर मातहतका सवै वृत्त र प्रभागहरूमा सुरूवात गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari